शुक्रबार, साउन १, २०८३

एआईजी बढुवाको तयारी, को को छन् अगाडि ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले नेपाल प्रहरीमा लामो समयदेखि रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने तयारी गरिरहेको छ । 

प्रहरीमा २९ चैत्रदेखि एआईजी पद रिक्त छन् । सोही कारण गृह मन्त्रालय र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालप्रति प्रहरीमा असन्तुष्टी चुलिएको छ । पाँच महिनापछि प्रहरीका विशिष्ट श्रेणीमा बढुवाको तयारी भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले एआईजीको दरबन्दी सातबाट बढाएर १५ सम्म पुर्‍याएको थियो । वर्तमान सरकारले संख्या घटाएर प्राविधिकसहित एआईजीका चार दरबन्दी कायम गरेको छ ।

स्रोतका अनुसार सरकारले एआईजी दरबन्दी पुनः बढाउने तयारी गरेको छ । नेकपा नेताहरूले आफू अनुकुलका डीआईजीलाई बढुवा गर्ने दबाब बढेसँगै एआईजी दरबन्दी प्राविधिकसहित ६ बनाउने तयारी गरिरहेको स्रोतको भनाइ छ ।

एआईजी बढुवाका लागि डीआईजीहरू राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका पुष्कर कार्की, लागूऔषध नियन्त्रण ब्युरोका ठूले राई, महानगरीय प्रहरी कार्यालयका मनोज न्यौपाने, अपराध अनुसन्धान विभागका धिरु बस्नेत र प्रदेश–५ का प्रहरी प्रमुख सुरेशबिक्रम शाहको नाम अगाडि छ ।

कार्की, राई र न्यौपाने कार्यसम्पादन मूल्यांकन अंकका आधारमा अगाडि छन् । तर, प्रधानमन्त्री निकट मानिएका बस्नेत र प्रचण्ड नजिक मानिएका शाहलाई समेत बढुवा गर्नुुपर्ने भएपछि आफैंले घटाएको दरबन्दी बढाउने तयारीमा सरकार रहेको स्रोतको दाबी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।