शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • रेखालाई महराको विरासत जोगाउने चुनौती, शंकर पोखरेलको बाटोमा तगारो

रेखालाई महराको विरासत जोगाउने चुनौती, शंकर पोखरेलको बाटोमा तगारो

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको परिणामका कारण पनि शंकर र उनका कार्यकर्ताहरु उत्साहित देखिन्छन्। नेपाली कांग्रेस, नेकपा एमाले, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन दलका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका एक्लो उम्मेदवारले घोराही उपमहानगरपालिका जितेको छ। यसले प्रष्ट रुपमा एमाले गठबन्धन भन्दा निक्कै बलियो छ भन्ने देखाएको छ।
 |  बिहीबार, असोज २७, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

बिहीबार, असोज २७, २०७९

नेपालगञ्ज– कृष्णबहादुर महरा एकाएक ब्याक भएपछि दाङ निर्वाचन क्षेत्र नम्बर २ को एमाले वृत्तमा उत्साह मात्र थपिएन, माओवादी नेतृ तथा पूर्वमन्त्री रेखा शर्माको पोल्टामा टिकट पर्यो। हेभिवेट बीचको चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको यो निर्वाचन क्षेत्र अहिले पनि कम चासोको क्षेत्र होइन। किनकी महराले वाकओभर गरेको क्षेत्रमा नेकपा माओवादी केन्द्रले गठबन्धनको तर्फबाट पूर्वमन्त्री शर्मालाई उम्मेदवार बनाएको छ। 

triton college

सुरुमा नेकपा माओवादीका कृष्णबहादुर महरासँग शंकर पोखरेलको भिडन्त हुने चर्चा चले पनि महरा पछाडि हट्दा पार्टीले शर्माको उदय गरायो। अब महराको इलाकामा शर्मा उभिएपछि एमाले महासचिव पोखरेलसँगको प्रतिस्पर्धा कस्तो होला? जिल्लामा विविध अनुमानहरु भइरहेका छन्। शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित गठबन्धनको साथ छ भने एमालेका उम्मेदवार पोखरेल एक्लै निर्वाचनको मैदानमा उभिएका छन्।

वर्तमान नेकपा एमालेका ‘डिजाइनर’ मानिने शंकर पोखरेल अध्यक्ष केपी शर्मा ओलीका दाहिने हात हुन्। यतिबेला रेखा शर्मालाई एमालेले कमजोर आकलन गरिरहेको छ। पोखरेल एमालेका महासचिव र केन्द्रमा प्रभुत्व राख्ने हेभिवेट नेता मानिन्छन्। शर्मा विगतमा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरेकी नेतृ हुन्। २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा माओवादीले दाङका पाँचै निर्वाचन क्षेत्र क्लिनस्वीप गर्दा पश्चिम दाङबाट रेखा शर्माले जितेकी थिइन्। यी दुईबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

कृष्णबहादुर महरा।
देशकै सबैभन्दा ठूलो उपमहानगर घोराही सहित बंगलाचुली गाउँपालिका रहेको दाङ निर्वाचन क्षेत्र नं. २ कुन दलको पकड क्षेत्र हो भनेर भन्न नसकिने क्षेत्र हो। विगतमा माओवादी केन्द्रले मेहनत गरेको क्षेत्र त्यसअघि नेपाली कांग्रेसको जडको रुपमा हेरिन्थ्यो। तर अहिले नेकपा एमालेको क्षेत्रको रुपमा विश्लेषण हुने गरेको छ। रोल्पा र प्यूठानबाट बसाइँ सरेर आएका मतदाताहरु माओवादी निकट छन्। पूर्वमन्त्री शर्माले आफ्नो कार्यकालमा कुनै राजनीतिक विवादमा नपरेका कारण पनि त्यसको लाभ उठाउन सक्ने अनुमान छ। लामो समय नेपाली कांग्रेसले जोगाएर राखेको किल्लाबाट गठबन्धनको रुपमा मत प्राप्त हुने बलियो आधार पनि रेखा शर्माका लागि छ। 

corrent noodles
Metro Mart

सैद्धान्तिक राजनीति र विकासलाई सँगसँगै अगाडि लगेका नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराएर जित निकाल्न रेखा शर्मालाई सहज छैन। २०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका हुन्। शंकरको पक्षमा दंगाली जनतामा बलियो छाप छ। प्रदेशको स्थायी राजधानी रूपेन्देहीबाट दाङ सार्ने प्रतिवद्धता जनाएर पूरा गरेका उनलाई अहिले विकास गर्ने नेताको रुपमा हेरिएको छ। उनकै कार्यकालमा दाङका दुई दर्जन बढी खोला तथा नदीहरुमा पक्की पुलको निर्माण, सडकका नयाँ ट्रयाक र स्तरोन्नति गर्ने, विद्यालय भवन निर्माण आयोजनादेखि पार्क र सांस्कृतिक डवलीहरुको अवधारणा निर्माण भएका छन्। शंकर पोखरेल गरेका कामहरु जनतासमक्ष प्रचार गर्न सक्ने खुबी भएका नेता मानिन्छन्। 

शंकर पोखरेल।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको परिणामका कारण पनि शंकर र उनका कार्यकर्ताहरु उत्साहित देखिन्छन्। नेपाली कांग्रेस, नेकपा एमाले, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन दलका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका एक्लो उम्मेदवारले घोराही उपमहानगरपालिका जितेको छ। यसले प्रष्ट रुपमा एमाले गठबन्धन भन्दा निक्कै बलियो छ भन्ने देखाएको छ। बलियो मतदाता भएको क्षेत्रमा शंकर पोखरेललाई हराउनु रेखा शर्मालाई फलामको च्यूरा चपाउनु सरह हुनेछ। 

अर्कोतर्फ गठबन्धन भित्र हुन सक्ने अन्तरघातले रेखा शर्मालाई सिध्याउनै पछि नपर्ने जोखिम छ। नेपाली कांग्रेसले घात गरेकै कारण घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता तथा गठबन्धनका उम्मेदवार हेमराज शर्माले हार बेहोर्नु परेको अर्थ लगाइएको छ। इमान्दार छवि, पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय, मन्त्री हुँदा गरेका प्रभावशाली कार्यले रेखालाई पनि शंकर भन्दा कमजोर आकलन गर्न नसकिने चर्चा पनि भैरहेको छ। 

सत्तारुढ गठबन्धनलाई पछि पारेर एक्लै जित निकाल्नु शंकरलाई सजिलो त छैन नै। उनको विगतको निर्वाचन इतिहास हेर्दा पनि चुनाव जितेको इतिहास कमै छ। २०५१ सालपछि पोखरेल प्रत्यक्ष निर्वाचन जितेर संघीय सांसद बनेका छैनन्। उनी ०५१ सालमा दाङ–२ बाट निर्वाचन जितेर पहिलो पटक प्रतिनिधिसभाका सदस्य भएका थिए। ०५६ सालमा उनी क्षेत्र २ बाट कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भए भने ०६४ सालमा संविधानसभा निर्वाचनमा पोखरेल समानुपातिकबाट सांसद बनेका थिए। त्यसपछि ०७० सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पराजित भएका हुन्। त्यसपछि २०७४ को निर्वाचनमा प्रदेशमा झरेर कृष्णबहादुर महरालाई ठाउँ छाडेका पोखरेल निर्वाचन जितेर प्रदेशको मुख्यमन्त्री बने। यो निर्वाचन पोखरेलका लागि प्रत्यक्ष निर्वाचन जितेर संघीय सांसद हुने दोस्रो अवसर हो।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई राम्रो मानिन्छ। भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरूको नेताका रूपमा उनीहरूको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षको जिम्मेवारी बहन गरेका थिए। 

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको परिणामका कारण पनि शंकर र उनका कार्यकर्ताहरु उत्साहित देखिन्छन्। नेपाली कांग्रेस, नेकपा एमाले, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन दलका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका एक्लो उम्मेदवारले घोराही उपमहानगरपालिका जितेको छ। यसले प्रष्ट रुपमा एमाले गठबन्धन भन्दा निक्कै बलियो छ भन्ने देखाएको छ। 

२०१९ सालमा दाङमा जन्मिएका पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् भने भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक हुन्। उनको आर्थिक सामाजिक विकास र रूपान्तरणका सन्दर्भका सोचहरूलाई पार्टीको नवौं महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रूपमा आत्मसात् गरेको छ।

कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियू सभापतिजस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेको इतिहास छ। पोखरेल जनताको बहुदलीय जनवाद ’जबज’ का व्याख्याताको रुपमा आफूलाई स्थापित गरेका छन्।

२०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५–२०४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका खेलेका उनी २०६२–२०६३ को जनआन्दोलनमा काठमाडौंको मोर्चाबाट आन्दोलनको नेतृत्व र गणतन्त्रका पक्षमा काठमाडौं त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता थिए। माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरूमा शान्ति पदयात्राको नेतृत्व गरेका उनी माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव भएर काम गरेका थिए।

३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका पोखरेल छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई लामो समयसम्म पार्टी स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका नेता हुन्। केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनी पार्टीको प्रचार विभाग प्रमुख बनेका थिए। नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका पार्टीमा प्रष्ट वैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरूपता कायम गर्न सक्ने नेता पोखरेल लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारीमा रही प्रदेश संरचनालाई स्थापित गर्दै लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउन भूमिका खेलेका थिए। 

को हुन् रेखा शर्मा?
२०२६ साल असोज ९ गते घोराहीमा जन्मेकी रेखाले २०४३ सालदेखि अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेकी थिइन्। महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उत्तीर्ण गरेकी रेखा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष भइन्। २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष र २०५० सालमा भएको राष्ट्रिय भेलाबाट महिलाको केन्द्रीय सदस्य भइन्। तत्कालिन माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य समेत भएकी शर्मा २०५३ सालदेखि २०५८ सालसम्म अनेम संघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएर काम गरेकी हुन्।

२०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र काठमाडौं उपत्यका उपब्युरोको प्रमुख भएर काम गरेको अनुभव संगालेकी रेखाले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर पार्टी अध्यक्ष प्रचण्डको मन जित्न सफल भएको भएर पार्टीमा उनको चर्चा हुन्छ। 

युद्धकै समयमा २०५८ सालमा काठमाडौंको चाबहिलबाट पक्राउ परेकी रेखा २०५९ साल ३१ गते सरकार र माओवादीको वार्ता शुरु भएपछि रिहाइ भएकी थिइन्। त्यो समयमा उनले कठोर जेल यातना भोग्नुपरेको थियो। देशमा लोकतन्त्र स्थापनापछि २०७० सालमा संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनिन्। राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम मात्र गरिनन्, माओवादीको तर्फबाट संसदमा प्रमुख सचेतकको जिम्मेवारी पनि  प्राप्त गरिन्। 

२०७२ सालमा सामान्य प्रशासन मन्त्री बनेकी रेखाले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत भएर काम गरेकी थिइन्। २०७४ सालमा पुनः समानुपातिकबाट सांसद बनेकी रेखाले दाङको विकास निर्माणमा राम्रो भूमिका खेलेको छाप छ। सरल जीवनशैली, प्रष्ट वक्ता रेखा माओवादी अध्यक्ष प्रचण्ड र यतिबेला नेपाली कांग्रेसका नेताहरुले पनि रुचाइएकी एक सबल पात्र हुन्।

केपी ओलीका विश्वास पात्र शंकर पोखरेल र प्रचण्डकी विश्वास पात्र रेखा शर्मा निर्वाचनमा होमिएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचनलाई विशेष गरेर केपी ओली र प्रचण्डले प्रतिष्ठानको विषय बनाएका छन्। पूर्वसभामुख कृष्णबहादुर महरा निर्वाचन क्षेत्रलाई जोगाउने जिम्मेवारी शर्माको काँधमा आइपुगेको छ भने शंकर पोखरेललाई एमालेको वर्तमान विरासत कमजोर बनाउन नदिने जिम्मेवारी छ। नेकपा एमालेका महासचिव पोखरेल एमालेको बहुमत ल्याउने दाबीसहित दंगाली मतदाताको घरदैलोमा पुगेका छन्। 

प्रकाशित: Oct 13, 2022| 11:23 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।