शुक्रबार, साउन १, २०८३

प्रचण्डले आज राजनाथसंग, भोलि मोदीसंग भेट्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चार दिने भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरिय भेटवार्तालाई तिब्रता दिएका छन् । 

बिहीबार भारत पुगेका प्रचण्डले आज शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहसंग भेट गर्दैछन् । दिउँसो साढे १२ बजे गृहमन्त्री सिंह र प्रचण्डबीच भेट हुने प्रचण्डका प्रेस संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए । भेटमा दुई देशबीचको राजनीतिक, आर्थीक र सुरक्षाका विषयमा छलफल हुने बताइएको छ। 

प्रचण्ड शुक्रबार साँझ ६ः३० बजे पिएचडिसिसिआईद्वारा आयोजित भारतीय उद्योगी व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन् । उनी बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आयोजना गरेको रात्रिभोजमा सहभागि भएका थिए । 

प्रचण्डले शनिबार शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका तय भएको छ । लोककल्याण मागएस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डका प्रेस संयोजक सापकोटाले जानकारी दिए । भेटमा नेपालको राजनीतिक अवस्था र विकासमा लागि भारतले गर्ने सहयोगका बारेमा कुराकानी हुने स्रोतले बताएको छ । 

बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका मोदी स्वदेश फर्किएको १ सातापछि नै प्रचण्डले भारत पुगेर भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।