बुधबार, असार ३, २०८३

आज चुनाव चिन्ह प्रदान गरिँदै, स्वतन्त्र उम्मेदवारले कसरी पाउँछन्?

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आज निर्वाचन आयोगले निर्वाचनका लागि दल/स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्दैछ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आज निर्वाचन आयोगले निर्वाचनका लागि दल/स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्दैछ। 

National life

निर्वाचन आयोगका अनुसार आइतबार उम्मेदवारी दिएका प्रतिनिधिले आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् भने ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। 

यसरी प्रदान गरिन्छ निर्वाचन चिन्ह

उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका प्रत्येक उम्मेदवारलाई त्यस्तो दलको लागि निर्धारण गरिएको चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछ। 

त्यस्तै आयोगले कुनै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरी सकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा निजलाई प्रदान गरिएको निर्वाचन चिन्ह परिवर्तन हुने छैन। 

Shivam cement

त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुनेछ। कुनै दलले निर्वाचनमा उम्मेदवार मनोनित नगरेको अवस्थामा समेत सो दललाई प्रदान गरिएको निर्वाचन चिन्ह अन्य उम्मेदवारलाई प्रदान गरिने छैन।

स्वतन्त्र उम्मेदवारले कसरी पाउनेछन् चुनाव चिन्ह? 

निर्वाचन अधिकृतले स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दा स्वतन्त्र उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका निर्वाचन चिन्हको समूहबाट चिन्ह प्रदान गर्नु पर्नेछ। साथै निर्वाचन चिन्ह प्रदान गर्दा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार वा निजको प्रतिनिधिलाई निर्वाचन चिन्ह रोज्न लगाई निजहरूको रोहवरमा निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ। 

तर, निर्वाचन चिन्ह प्रदान गर्दा कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएमा उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिले रोजेर बाँकी रहेको निर्वाचन चिन्हबाट निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्ने व्यवस्था रहेको छ।  

निर्वाचन चिन्ह रोज्न लगाउँदा एकभन्दा बढी उम्मेदवारले एउटै निर्वाचन चिन्ह रोजेमा त्यस्तो उम्मेदवारको नामको नेपाली वर्णानुक्रमको आधारमा प्राथमिकता दिई निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ। उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि निर्वाचन अधिकृतले एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्नेछन्।

प्रकाशित: Oct 12, 2022| 10:44 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...