मंगलबार, साउन १९, २०८३

नवलपुरमा ग्यास बोकेको ट्यांकर दुर्घटना, एक जनाको मृत्यु

पूर्वी नवलपरासीमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

नवलपुर- पूर्वी नवलपरासीमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। 

भारतबाट ग्यास बोकेर आएको २४६० नम्बरको ट्यांकर त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ। 

दुर्घटनामा भारतको उत्तर प्रदेश घर भएका १८ वर्षीय जयनारायण पालको मृत्यु भएको छ। यस्तै घाइते हुनेमा ४२ वर्षीय अजयकुमार सिंह रहेका छन्। उनको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Oct 12, 2022| 09:30 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...