बुधबार, असार ३, २०८३

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन

नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

National life

पार्टीका महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरूलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन्।

‘आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका सन्दर्भमा गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका हाम्रो पार्टीका सबै साथीहरूलाई निर्धारित समय २०७९ असोज २६ गते दिउसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन गरिन्छ,’ महासचिव भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने उनले बताएका छन्।

प्रकाशित: Oct 12, 2022| 09:20 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...