शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहीबार बेलुकाको मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्‍याे ?

बिहीबार बेलुकाको मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्‍याे ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रमा समर्थन गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रमा समर्थन गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री जगत सुनार विकले जानकारी दिए । बैठकले मुक्त हलिया पुनस्थापना समस्या समाधान समिति र मुक्त कमैया पुनस्थापना समस्या समाधान आयोगलाई कायम राख्ने र यसै आर्थिक बर्ष भित्र समस्या समाधान गरि सक्ने निर्णय समेत गरेको छ । 

त्यस्तै धनुषा जिल्लाको शहीदनगर नगरपालिका वडा नं ८ डुमरियामा निर्मित अस्पताल भवनबाट स्वास्थ्य उपचार सेवा सञ्चालन गर्ने सैद्धान्तिक स्वीकृती दिने र उक्त अस्पतालको नाम शहीद सूर्यनाथ रान यादव स्मृति अस्पताल शहीदनगर नगरपालिका धनुषा कायम गर्ने र्निणय गरेको छ । 

सहुलियतपूर्ण कर्जा लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ स्वीकृत गर्दै बैठकले नेपालको उर्जा दक्षता तथा नवीकरणीय उर्जा प्रवद्धन दोस्रो चरणको कायाक्रमको लागि जर्मनको ४ अर्ब ९ करोड रुपैया अनुदान सहायता स्वीकार गर्ने निर्णण गरेको मन्त्री बिकले जानकारी दिए । 

सो रकम लेखनाथ दमौली २२० के भी प्रसारण लाइन आयोजनामा उपयोग गरिने छ । त्यस्तै बैठकले  निजामति सेवा पुरस्कार पाउने कर्मचारीका नाम पनि टुङ्गो लगाएको छ ।  

त्यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई पुनः नियुक्त गर्ने पनि निर्णय गरेको छ । झाको नियुक्तिबारे मन्त्रिपरिषद्को बैठक लगत्तै पत्रकारहरुलाई जानकारी भने दिइएन।

मन्त्रिपरिषद् स्रोतका अनुसार उनलाई नियुक्त गर्ने निर्णय भने भएको छ । सरकार प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा देशबाहिर रहेका  युवा तथा खलकुद मन्त्री जगत विश्वकर्माले पत्रकारहरुलाई निर्णयबारे जानकारी दिएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।