मंगलबार, साउन १९, २०८३

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका पार्टीका सदस्यहरुलाई फिर्ता लिन निर्देशन दिएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं- नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका पार्टीका सदस्यहरुलाई फिर्ता लिन निर्देशन दिएको छ। 

नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सहमती भइ बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलबीच सहमती भई बनेका गठबन्धन दलका आधिकारीक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे- गराएको भए उक्त उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको जनाइएको छ। 

विज्ञप्तिमा भनिएको छ, 'पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे- गराएको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (२०७९ असोज २६ गते बिहान १० बजे देखि दिउसो १ बजे सम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्नहुन निर्णयानुसार निर्देशन गरिन्छ।'

तोकिएको समय सिमा भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासित हुनेसमेत जनाइएको छ। 


प्रकाशित: Oct 11, 2022| 19:55 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...