मंगलबार, असोज १, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेसमा टिकट नपाएपछि विद्रोही बने खोटाङ र ताप्लेजुङका जिल्ला सभापति

कांग्रेसमा टिकट नपाएपछि विद्रोही बने खोटाङ र ताप्लेजुङका जिल्ला सभापति

नेपाली कांग्रेस खोटाङका सभापति विष्णु राईले पार्टीको निर्णय विपरीत प्रदेशसभामा उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धनको निर्णय मान्य नहुने बताउँदै उनले विद्रोह गरेका हुन्।
 |  मंगलबार, असोज २५, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

मंगलबार, असोज २५, २०७९

इटहरी- नेपाली कांग्रेस खोटाङका सभापति विष्णु राईले पार्टीको निर्णय विपरीत प्रदेशसभामा उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धनको निर्णय मान्य नहुने बताउँदै उनले विद्रोह गरेका हुन्। गठबन्धनको नाममा खोटाङको कांग्रेसलाई सिध्याउने खेल भइरहेको बताएका उनले बीपी कोइरालाले सोचेजस्तो पार्टी बनाउन लागिपरेको सुनाए। 

triton college

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको खोटाङमा कांग्रेसले पूर्वमन्त्री सर्वधन राईलाई उम्मेदवार बनाएको छ। केन्द्रले जबरजस्ती निर्णय लादेर रुख चिह्नलाई मेटाउन खोजेको उनले बताए। गठबन्धन मजबुत बनाउनेभन्दा कांग्रेस कमजोर बनाउने काम भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। पार्टीमा अन्याय भएकाले विद्रोह गर्न बाध्य भएका उनले प्रस्ट पारेका छन्। 

टिकट नपाउने मध्येका अर्का सभापति हुन्, ताप्लेजुङका गजेन्द्र तुम्याहाङ। उनले पनि प्रदेशसभामा उम्मेदवारी दिएका छन्। गठबन्धनमा नेकपा एकीकृत समाजवादीको भागमा परेको प्रदेशमा उनीसहित कांग्रेसका ३ जनाले उम्मेदवारी दिएका छन्। नेकपा एसको अत्यन्तै कमजोर भएको क्षेत्रबाट गठबन्धन विजयी गराउन नसकिने उनको धारणा छ। दुवै प्रदेशसभामा कांग्रेसले टिकट पाए मात्र प्रतिनिधिसभा सहित प्रदेशसभामा पनि गठबन्धन विजयी हुने उनको भनाई छ। अन्यथा नेकपा एमालेको पक्षमा चुनावी परिणाम पुग्‍ने उनले बताए। 

भोजपुरका सभापति विनोद वान्तावा प्रदेशसभाको उम्मेदवार भएका छन्। प्रतिनिधिसभा गठबन्धनमा माओवादीको भागमा परेपछि प्रदेश (२) मा उनले उम्मेदवारी दिएका छन्। प्रदेश (१) मा भने नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई उम्मेदवार भएका छन्। दुवै उम्मेदवारको विरुद्धमा कांग्रेसकै नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

इलाम सभापति डम्बर खड्काले २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार भएका छन्। नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसँग प्रतिस्पर्धा गर्नेगरि उनले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हुन्। सङ्खुवासभा सभापति दीपक खड्का पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका छन्। यसअघि नेकपा एमालेका राजेन्द्र गौतमसँग पराजित भएका उनी पुनः गौतमसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेका छन्। 

Metro Mart
vianet

झापा सभापति देउमान थेबे क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा उम्मेदवार भएका हुन्। मोरङ सभापति डिगबहादुर लिम्बु क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा उम्मेदवार छन्। यसअघि लिम्बु सोही क्षेत्रबाट पराजित भएका थिए। उदयपुर सभापति हिमाल कार्की क्षेत्र नम्बर १ बाट प्रदेशसभाको उम्मेदवार भएका छन्। हाल नेपाली कांग्रेसबाट प्रदेश सरकारको नेतृत्व गरिरहेका उनी भौतिक पूर्वाधार मन्त्री छन्। 

ओखलढुङ्गा सभापति तेजेन्द्र खनाल सिद्धिचरण नगरपालिकाको मेयर भएका छन्। सोलुखुम्बु सभापति नाम्गेल जाङबु शेर्पा दोस्रा कार्यकालको लागि सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। सुनसरी सभापति केदार भण्डारी पनि इनरुवा नगरपालिकाको मेयर हुन्। यसअघि कांग्रेसले नै जितेको इनरुवामा यस पटक भण्डारी निर्वाचित भए। 

धनकुटा सभापति दिनेश राई धनकुटा नगरपालिकाको मेयरमा झिनो मतान्तरले पराजित भए। तेह्रथुम सभापति अर्जुन बहादुर तुम्बाहाम्फे पनि म्याङ्लुङ नगरपालिकाको मेयरमा पराजित भएका थिए।  

नेपाली कांग्रेसले यसअघि दुई पटक समानुपातिकमा परेका र स्थानीय तह निर्वाचनमा पराजित कुनै पनि उम्मेदवारलाई टिकट नदिने नीति तय गरेको थियो। सोही अनुसार मेयरमा पराजित जिल्ला सभापतिहरूले कुनै पनि पदमा दाबी गरेनन्। 

प्रदेश १ का १४ जिल्लामध्ये पाँचथर सभापति रूपनारायण जबेगुले मात्र कुनै पनि क्षेत्रमा उम्मेदवारी दिएनन्। सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई प्रतिनिधिसभामा विजयी गराउने लक्ष्यका साथ आफूले उम्मेदवारी नदिएको उनले बताए। पार्टीले गरेको निर्णय मानेर जान बाध्य भएको उनको भनाई छ। गठबन्धनका उम्मेदवारलाई विजयी गराएपछि अर्को पटक पार्टीले न्याय गर्ने आशा उनको छ। 

प्रकाशित: Oct 11, 2022| 20:07 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।