मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन गठबन्धनको २४ घण्टे अल्टिमेटम

बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन गठबन्धनको २४ घण्टे अल्टिमेटम

सत्तारुढ गठबन्धनले सहमतिविपरीत दलका नेताहरूले दिएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– सत्तारुढ गठबन्धनले सहमतिविपरीत दलका नेताहरूले दिएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट सहमतिविपरीत दलका नेताहरूले दर्ता गराएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको हो।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत आआफ्नो पार्टीका गठबन्धनमा भएको सिट बाँडफाँटविपरीत उम्मेदवारी दिने नेताहरूलाई फिर्ता हुने निर्देशन दिइएको छ। समयभित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले कारबाही गर्ने सहमति भएको छ।

‘सम्बन्धित पार्टी निकायहरूले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ। निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने व्यहोरा अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।


प्रकाशित: Oct 11, 2022| 17:33 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...