मंगलबार, साउन १९, २०८३

अर्बपति उम्मेदवार विनोद चौधरीसँग भिड्दै गायिका सिन्धु जलेसा

नेकपा एमालेले गायिका तथा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकीलाई पश्चिम नवलपरासी-१ बाट उम्मेदवार बनाएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं- नेकपा एमालेले गायिका तथा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकीलाई पश्चिम नवलपरासी-१ बाट उम्मेदवार बनाएको छ। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सूर्य चिन्हबाट चुनाव लड्न अश्वीकार गरेपछि अन्तिममा सिन्धुलाई उम्मेदवार बनाइएको हो। 

२०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी सिन्धुले अर्बपति व्यापारी विनोद चौधरीसँग प्रतिस्पर्धा गर्ने भएकी छन्। चौधरी सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन्। अन्तिम समयमा निर्णय भएकाले आफ्नो उम्मेदवारी आकस्मिक रहेको उनले बताइन्।

सिन्धुसँगै अब एमालेबाट महिला उम्मेदवारको संख्या १२ भएको छ। एमाले सबैभन्दा बढी महिला उम्मेदवार उठाउने प्रमुख दल बनेको छ। सो क्षेत्रमा गठबन्धनबाट कांग्रेसले तीनवटै सिटमा उम्मेदवार उठाएपछि संघ र प्रदेशमा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले समेत उम्मेदवार उठाएका छन्।

अघिल्लो पटक एमालेको चिन्हबाट लडेका त्रिपाठीले यसपटक आफूलाई एमालेले सघाउनुपर्ने तर सूर्य चिन्ह नलिने भनेपछि जिल्लाका एमाले कार्यकर्ताले त्रिपाठीलाई सूर्य चिन्ह नलिए सहयोग नगर्ने निर्णय गरेका थिए।

प्रकाशित: Oct 11, 2022| 17:04 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...