बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन कार्यालयलाई उजुरीको जवाफ दिँदै देउवाले भने– आयोगले नै गल्ती गरेको हो

निर्वाचन कार्यालयलाई उजुरीको जवाफ दिँदै देउवाले भने– आयोगले नै गल्ती गरेको हो

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी विरुद्धमा परेको उजुरीको जवाफ मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा बुझाएका छन्।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी विरुद्धमा परेको उजुरीको जवाफ मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा बुझाएका छन्। 

National life

देउवाले मंगलबार पत्नी आरजु राणामार्फत जवाफ बुझाएका हुन्। देउवाले जवाफमा प्रमाणका रूपमा वडा कार्यालयको सिफारिस बुझाएका छन्। साथै जवाफमा नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकाले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटि गरेको उल्लेख गरिएको छ। 

कांग्रेसका एक नेताले भने, ‘केन्द्रीय सदस्य आरजु राणा मार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको जवाफमा वडा कार्यालयको सिफारिसलाई प्रमाणका रुपमा बुझाइएको छ। आरजु भाउजुले नै वारेसनामा मार्फत उमेदवारी दर्ता गराएकाले उहाँले जवाफ बुझाउनुभएको हो। जवाफमा नागरिकता अनुसार मतदाता नामावली प्रविष्ट नगरी निर्वाचन आयोगले त्रुटी गरेको विषय पनि सम्झाइएको छ।’ 

एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उमेदवारी दिएका देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै मल्लले उमेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्।

नागरिकतामा देउवाको जन्ममिति २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको पाइएको छ। देउवाको उम्मेदवारीविरुद्ध उजुरी दिने मल्ल कांग्रेस डडेलधुराका पूर्वसभापति हुन्। उनी ०७४ सालको निर्वाचनमा कांग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए।

Shivam cement

प्रकाशित: Oct 11, 2022| 14:52 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...