बुधबार, असार ३, २०८३

बूढानीलकण्ठमा प्रदीप पौडेल र ईश्वर पोखरेलको जम्काभेट

आगामी मंसिर ४ गतेको हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ का मुख्य प्रतिष्पर्धीका रुपमा हेरिएमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका बीचमा जम्काभेट भएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– आगामी मंसिर ४ गतेको हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ का मुख्य प्रतिष्पर्धीका रुपमा हेरिएमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका बीचमा जम्काभेट भएको छ। 

National life

भतिजको आशौच बारेर बसिरहेका बूढानीलकण्ठ–४ का कांग्रेस वडा कार्यसमिति सदस्य पवन कार्कीलाई भेट्न जाने क्रममा दुई नेताका बीचमा जम्काभेट भएको हो। पार्टीका कार्यकर्तालाई समवेदना प्रकट गर्न पुगेका पौडेल पुगेकै समयमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पनि कार्की निवासमा पुगेका थिए।

भेटका क्रममा दुवै नेताले हात मिलाएर एकअर्कालाई शुभकामना दिएका थिए। कांग्रेसका युवा नेता पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको हात समातेर मित्रवत् प्रतिस्पर्धाका लागि आग्रह गरेका थिए। पोखरेलले भने कुनै प्रतिक्रिया नदिई हाँसेर मात्र टारेको प्रत्यक्षदर्शी एक कांग्रेस कार्यकर्ताले जानकारी दिए। उनले भने,  ‘प्रदीप दाइले मैत्रीपूर्ण प्रतिस्पर्धा गरौं भन्नुभयो। तर, पोखरेलले बोलीबाट जवाफ दिनुभएन, खाली हाँस्नुभयो मात्रै। दुवै नेता समवेदनाका लागि पुगेकाले धेरै कुरा भने भएन।’

लामो समय नेपाली कांग्रेसका नेता नरहरि आचार्यले जित्दै आएको काठमाडौं–५ मा ईश्वर पोखरेलले नै आचार्यसँग हार व्यहोर्दै आएका थिए। सुशील कोइरालाको निधनलगत्तै ब्रेन ह्यामरेज भएका आचार्य पूर्ण रुपमा हिँडडुल गर्न नसक्ने भन्दै अघिल्लो चुनावमा उम्मेदवार बनेनन्। आचार्यका ठाउँमा कांग्रेसका तत्कालीन सहमहामन्त्री प्रकाशरण महतलाई उम्मेदवार बनाएपछि पोखरेल ०७४ सालको निर्वाचनमा बाम गठबन्धनको उम्मेदवार बनेर पहिलोपटक काठमाडौं–५ मा निवार्चित भएका थिए। यसपटक कांग्रेसका युवा नेता पौडेल पोखरलेको प्रतिस्पर्धी बनेर आएका छन्।

प्रकाशित: Oct 11, 2022| 12:47 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...