मंगलबार, मंसिर १६, २०८२

ओलीको अपरिपक्वताले अलपत्र परेका खिमलाल

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा ओलीको भूमिका नाटकीय देखियो। तिलोत्तमा नगरपालिकाका निवर्तमान नगर प्रमुख वासुदेव घिमिरेलाई अध्यक्ष ओलीले मनोनयनका लागि रुपन्देही–५ मा उम्मेदवारीका लागि पत्र दिए। शनिबार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार अपराह्न साढे ३ बजे मनोनयन दर्ता गरे।
 |  मंगलबार, असोज २५, २०७९

विनोद परियार

विनोद परियार

मंगलबार, असोज २५, २०७९

बुटवल– रुपन्देहीको राजनीतिमा नेकपा एमालेको अपरिपक्वता पोखिएको छ। पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीका खरो आलोचक स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट पाएनन्। 

National life

टिकट नपाएपछि एमाले परित्याग गरी भुसालले रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दिएका छन्। घटना यतिमा मात्रै सीमित भएन। रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेले २ जनालाई मनोनयन पत्र दिएपछि राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराई अलपत्र परेका छन्।  

एमालेभित्र पार्टी अध्यक्ष ओली नै सर्वेसर्वा हुन्। रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा ओलीको भूमिका नाटकीय देखियो। तिलोत्तमा नगरपालिकाका निवर्तमान नगर प्रमुख वासुदेव घिमिरेलाई अध्यक्ष ओलीले मनोनयनका लागि रुपन्देही–५ मा उम्मेदवारीका लागि पत्र दिए। शनिबार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार अपराह्न साढे ३ बजे मनोनयन दर्ता गरे। 

एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाल भट्टराईले अर्को पत्र पेश गर्दै आइतबार अपराह्न पौने ५ बजे उम्मेदवारी दर्ता गराए।  एमालेका प्रभावशाली नेताहरु रहेको रुपन्देहीमा एमालेको अपरिपक्वताले राष्ट्रियसभामा एक सिट मात्रै गुमेको छैन, पार्टीभित्र समेत असन्तुष्टि बढाएको छ। 

Laxmi sunrise bank
kumari
वासुदेव र खिमलालले दर्ता गराएको मनोनयनपत्र।
अध्यक्ष ओलीले निर्वाचन आयोगलाई भूलवश घिमिरेको नाम गएको भन्दै भट्टराईलाई नै आधिकारिक उम्मेदवार मान्न अनुरोध सहितको पत्र पठाएका थिए। निर्वाचन आयोगले भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐन २०७९ अनुसार पहिले दर्ता भएको मनोनयनलाई नै आधाकारिकता दिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले बताए। उनका अनुसार एमालेबाट २ जनाको मनोनयन दर्ता भए पनि घिमिरे नै आधिकारिक हुने ऐनमा प्रष्ट छ। 

वासुदेव घिमिरे (बायाँ) र खिमलाल भट्टराई।
राष्ट्रियसभा सदस्य भट्टराई विगत केही वर्षदेखि प्रतिनिधिसभा निर्वाचनका लागि तयारी स्वरुप निर्वाचन केन्द्रित अभियानमा सामेल भएका थिए। यसअघि २०७४ सालमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलका कारण डिलाराम आचार्यलाई छाड्नुपरेको थियो उनले। यो पटक भने नेतृत्वकै कमजोरीका कारण उम्मेदवार हुनबाट बञ्चित भए। मनोनयन दर्ता गर्दै गर्दा नेतृत्वले गरेको भूलले दुःखी बनाएको प्रतिक्रिया दिएका छन् भट्टराईले। निर्वाचनको तयारी गर्दै टिकट पाउने आशमा रहेका भट्टराई रेसबाट बाहिरिएपछि सार्वजनिक रुपमा भने बोल्न चाहेका छैनन्। 

खिमलाललाई आधिकारिकता दिन आग्रह गर्दै एमाले अध्यक्ष ओलीले पठाएको पत्र।

त्यसो त घिमिरेले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा दाबी गरेका थिए। एमालेले राप्रपासँग तालमेल गर्दा दीपक बोहोरालाई छोड्दा घिमिरे ५ मा जानुपरेको हो। २०७४ मा घनश्याम भुसालको अडानका कारण तिलोत्तमा नगरपालिकामा मेयरको टिकट पाएका घिमिरे पछि विष्णु पौडेल पक्षमा लागेका कारण टिकट पाएको एमाले वृत्तमा चर्चा हुन्छ। 

आधिकारिता पाएका घिमिरेले पार्टीको आधिकारिक उम्मेदवार आफू भएको बताएका छन्। उनले आफूले मनोनयन गरेपछि आधिकारिक भएको तर पछि अर्को पनि मनोनयन हुँदा रहेको विवाद सोमबार दिउँसोबाट साम्य भएको बताए। उनले ऐनले गल्तीलाई सच्याएको बताए। 

पार्टीका पदाधिकारी सहितका दर्जन नेता रहेको रुपन्देहीमा यो हदको अपरिपक्वता पत्रमा भनिएजस्तै भुलवश हो या नियोजित भन्नेमा शंका गर्ने ठाउँ रहेको कतिपय एमाले नेताहरुले बताएका छन्। 

प्रकाशित: Oct 11, 2022| 13:15 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।