बुधबार, असार ३, २०८३

प्रधानमन्त्री देउवाले थाले जसपाका मन्त्री हटाउने तयारी

एमालेसँग चुनावी तालमेलमा सामेल भई सत्ता गठबन्धनबाट बाहिरिएपछि प्रधानमन्त्रीले हटाउँदै सरकारमा रहेका जसपाका मन्त्रीहरू।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी थालेका छन्। जसपा नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि सत्ता गठबन्धनबाट बाहिरिएको छ।

National life

यसका लागि देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूसँग विमर्श गर्दै छन्। गठबन्धनमा आबद्ध दलका नेताहरूले पनि जसपाका मन्त्रीहरूलाई हटाउन प्रधानमन्त्री देउवालाई आग्रह गर्दै आएका छन्। सत्ता गठबन्धनमा रहेको जसपाले आगामी ४ मंसिरको चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह छन्। उनीहरू तत्काल राजीनामा नदिने पक्षमा रहेको बताइन्छ।

प्रधानमन्त्रीले मन्त्रीहरू हटाए पनि नयाँ नियुक्त गर्न भने पाउने छैनन्। निर्वाचन आयोगले नयाँ मन्त्री नियुक्त गर्नु आचारसंहिता विपरीत हुने बताइसकेको छ। २०७८ जेठमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको नजिर छ।

प्रकाशित: Oct 11, 2022| 11:55 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...