बुधबार, असार ३, २०८३

गठबन्धनको खटपटले ताप्लेजुङमा योगेशलाई सजिलो

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएका भट्टराई दोस्रो पटक संसद् प्रवेश गर्ने दाउमा छन्।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

इटहरी- नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभाको उम्मेदवार भएका छन्। नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले टिकट पाएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएका भट्टराई दोस्रो पटक संसद् प्रवेश गर्ने दाउमा छन्। 

National life

२०७४ को निर्वाचनको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई विजयी गराए मन्त्री बनाएर पठाउने आश्वासन दिए। पछि ताप्लेजुङमै हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको ठाउँमा भट्टराई मन्त्री बने पनि। उनी पर्यटन मन्त्री भएसँगै कोभिड १९ को महामारीले पर्यटन व्यवसाय चौपट भयो। 

ताप्लेजुङका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा खासै सुधार नभएको भन्दै उनको आलोचना हुने गरेको छ। ताप्लेजुङको प्रमुख पर्यटकीय क्षेत्र पाथीभरा जाने बाटोको स्तरोन्नति नभएको भन्दै स्थानीय आक्रोशित छन्। तथापि सत्तारुढ गठबन्धनको बेमेलका कारण भट्टराईलाई चुनाव जित्न सहज हुने देखिन्छ। 

नेकपा एसमा उम्मेदवारी दर्ताको क्रममा समेत विवाद देखिएको कारण आफूले समेत प्रदेश (क) मा उम्मेदवारी दिएको उनले सुनाए। सोही क्षेत्रमा नेपाली कांग्रेसका टीकाराम गुरुङ र मीना गुरुङले समेत उम्मेदवारी दर्ता गराएका छन्।  

नेपाली कांग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याहाङ नेकपा एकीकृत समाजवादीको अत्यन्तै न्यून मत भएका कारण गठबन्धनको अवस्था कमजोर भएको बताउँछन्। कम मत भएको नेकपा एसलाई टिकट दिनुले गठबन्धन कमजोर बनेको उनको भनाइ छ। नेकपा एसमा उम्मेदवारी दर्ताको क्रममा समेत विवाद देखिएको कारण आफूले समेत प्रदेश (क) मा उम्मेदवारी दिएको उनले सुनाए। सोही क्षेत्रमा नेपाली कांग्रेसका टीकाराम गुरुङ र मीना गुरुङले समेत उम्मेदवारी दर्ता गराएका छन्।  

प्रदेश (क) मा नेकपा एसको जम्मा ३ सय मत मात्र भएका कारण कांग्रेस र माओवादीले सहयोग गर्दा पनि विजयी गराउने नसकिने अवस्था रहेको उनले सुनाए। दुवै प्रदेशमा नेपाली कांग्रेसले पाएको अवस्थामा गठबन्धनका तीनै जना उम्मेदवार विजयी हुने उनको बुझाइ छ। सुरुमा नेकपा एसबाट भाष्कर काफ्लेले टिकट पाएका थिए। पछि जिल्ला इन्चार्ज खेम ओनेमले उनलाई उम्मेदवारी दर्ता गर्न दिएनन्। क्षेत्र (ख) का ओनेमले (क) मा पुगेर उम्मेदवारी दर्ता गराएपछि नेकपा एसमै असन्तुष्टि बढेको छ।  

Shivam cement

ओनेमले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा गठबन्धनमा झनै समस्या आउने सभापति तुम्याहाङले बताए। नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ लामा पनि इन्चार्जले गलत गरेको बताउँछन्। पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएर समस्या भएको उनले बताए।

स्थानीय तह निर्वाचनको वडास्तरीय मत हेर्दा गठबन्धनको २४ हजार ८९ मत छ भने नेकपा एमालेको मात्र २४ हजार ९५ मत छ। जनता समाजवादी पार्टी सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ। जसपाको ९२३ मत निर्णायक हुने देखिन्छ।

क्षेत्र (क) मा नेकपा एमालेबाट भने तिल कुमार मेन्याङ्बोले उम्मेदवारी दर्ता गराएका छन्। मेन्याङ्बो स्थानीय स्तरमा चर्चित नेताको रूपमा चिनिन्छन्। प्रदेश क्षेत्र ख मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खगेन सिंह हाङ्नाम उम्मेदवार भएका छन्। सोही क्षेत्रमा नेकपा एमालेका गोपाल थोप्राको उम्मेदवारी परेको छ। 

अहिले गठबन्धनमा समस्या देखिएका कारण केही सहज हुने बताउँछन् नेकपा एमालेका जिल्ला अध्यक्ष भूपेन्द्र थेबे।  प्रतिनिधिसभाका उम्मेदवारले आफूले गर्न नसकेका कामको आत्मालोचना गरेर जनतामाझ जानुपर्ने उनको भनाइ छ। ‘नेपाली कांग्रेसको तर्फबाट टिकाराम गुरुङको उम्मेदवारी परेको भए धेरै समस्या हुने थियो। योगेश कमरेडलाई भाग्यमा लेखेको भएर होला, टिकट माओवादीले पाए। अब खासै मेहनत नगरे पनि गठबन्धनमा आबद्ध दलकै सहयोगमा चुनाव जितिन्छ,’ उनले भने। 

स्थानीय तह निर्वाचनको वडास्तरीय मत हेर्दा गठबन्धनको २४ हजार ८९ मत छ भने नेकपा एमालेको मात्र २४ हजार ९५ मत छ। जनता समाजवादी पार्टी सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ। जसपाको ९२३ मत निर्णायक हुने देखिन्छ। आगामी निर्वाचनको लागि जसपा र एमालेबीच तालमेल भएको छ। त्यसमा पनि नेकपा एस १३०८ मतमा समेटिएको छ। 

दलगत हिसाबमा एमाले सबैभन्दा बढी छ भने त्यसपछि कांग्रेस प्रतिस्पर्धी देखिएको छ। माओवादी केन्द्र ४ हजार ४ सय मतमा समेटिएको छ। यसले पनि ताप्लेजुङमा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसले टिकट नपाउँदा एमाले उम्मेदवार भट्टराईको जित सहज बन्ने देखिन्छ।

प्रकाशित: Oct 11, 2022| 10:33 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...