बुधबार, असार ३, २०८३

उम्मेदवार नबनेपछि मिनेन्द्रले सार्वजनिक गरे दुई पत्र

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफू उम्मेदवार नबनेको कारण पार्टीको संसदीय दलको समन्वयस समिति (अर्थ मन्त्रालय)को संयोजकबाट राजीनामा दिनु रहेकोतर्फ संकेत गरेका छन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफू उम्मेदवार नबनेको कारण पार्टीको संसदीय दलको समन्वयस समिति (अर्थ मन्त्रालय)को संयोजकबाट राजीनामा दिनु रहेकोतर्फ संकेत गरेका छन्। 

National life

नेता रिजालले उक्त राजीनामा कै कारण आफूलाई उमेदवार नबनाएको हुनसक्ने जनाएका छन्। 

समितिबाट आफूले राजीनामा दिएको र अस्वीकृत भएको दुई पत्र फेसबुकमा पोस्ट गर्दै नेता रिजालले लेखेका छन्, 'हाम्रो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधिसभाको निर्वाचनमा किन उमेदवार बनाउनु भएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला पारे, पोस्ट गरेको छु।'

यसअघि मोरङ-२ बाट विजयी भएका मिनेन्द्र रिजालको क्षेत्रमा यसपटक सुजाता कोइराला उम्मेदवार बनेकी छन्। 

प्रकाशित: Oct 10, 2022| 22:10 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...