बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कमल थापा र उपेन्द्र यादवप्रति भीम रावलको आक्रोश, भने-अनैतिकताका दुई नमुना

कमल थापा र उपेन्द्र यादवप्रति भीम रावलको आक्रोश, भने-अनैतिकताका दुई नमुना

नेकपा एमालेका नेता भीम रावलले राप्रपाका अध्यक्ष कमल थापा र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रोश व्यक्त गरेका छन्। आफूले टिकट नपाएका रावलले सोमबार राति सामाजिक सञ्जालमार्फत कमल थापा र उपेन्द्र यादवप्रति आक्रोश व्यक्त गरेका हुन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले राप्रपाका अध्यक्ष कमल थापा र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रोश व्यक्त गरेका छन्। आफूले टिकट नपाएका रावलले सोमबार राति सामाजिक सञ्जालमार्फत कमल थापा र उपेन्द्र यादवप्रति आक्रोश व्यक्त गरेका हुन्। 

National life

रावलले थापाले एमालेको सूर्य चिह्न लिएर उमेदवार भएकोप्रति असन्तुष्टि जनाएका हुन्। साथै उनले जसपा सरकारमा भएर पनि प्रतिपक्ष दल एमालेसँग तालमेल गरेकोप्रति आपत्ति जनाएका छन्। 

उनले भनेका छन्,'राजनीतिक अनैतिकताका दुई नमुना : कमल थापाले आफू एमालेको सूर्य चिन्ह लिएर उमेदवार हुने तर आफ्ना पार्टीका अरू उमेदवारलाई तीर चिह्नमा लडाउने र उपेन्द्र यादवको जसपा गठबन्धन सरकारमा रहिरहने तर चुनावी तालमेल एमालेसँग  गर्ने ! कमल थापालाई औँल्याएर निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी सार्वजनिक रूपमा प्रष्ट्याउनुपर्ने । यस्तैलाई एमालेले महत्त्वका साथ बोक्ने ! के हुन लाग्यो!'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रावललाई पाखा लगाउँदै उनको क्षेत्रमा नेकपा माओवादीबाट आएका झपट बोहरालाई उम्मेदवार बनाएका छन्। 

प्रकाशित: Oct 10, 2022| 22:04 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...