बिहीबार, भदौ ४, २०८३

आरतीमाथि एसिड आक्रमणमा श्रीमान दोषी ठहर

घरायसी विवादको क्रममा श्रीमतीमाथि एसिड प्रहार गर्ने युवकलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

जनकपुरधाम- घरायसी विवादको क्रममा श्रीमतीमाथि एसिड प्रहार गर्ने युवकलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ। जनकपुरधाम ७ की आरती साहमाथि उनको श्रीमान सञ्जीव साहले एसिड प्रहार गरेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो।  

सोमबार जिल्ला अदालत धनुषा ३ नम्बर इजलासमा न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सञ्जीव साहलाई दोषी ठहर गरेको हो। आदालतले एसिड बिक्री गर्ने नागेन्द्र साहलाई भने सफाई दिएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए। अदालतले सञ्जीवलाई दोषी ठहर गर्दै कसुरअनुसारको सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ। 

गत वर्ष कात्तिक १९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका- ७ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीवले एसिड प्रहार गरेका थिए। 

घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको जेल सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो। दुवै जनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि मागदाबी गरिएको थियो। 

एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंगमा गहिरो असर गरेको छ। एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा दाग बसेको छ। 

जिल्ला अदालत धनुषाका सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानून व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सजायका लागि पेशी हुने जानकारी दिए।

प्रकाशित: Aug 09, 2021| 17:37 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।