बुधबार, असार ३, २०८३

झापामा ५ सिटका लागि १०१ जनाको उम्मेदवारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

झापा- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ।

National life

पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं ५ बाट परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विभिन्‍न राजनीतिक दलबाट ६८ जनाले र स्वतन्त्रबाट ३३ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार क्षेत्र नं १ बाट १६, क्षेत्र नंं २ मा २०, क्षेत्र नं ३ मा १८, क्षेत्र नं ४ मा २०, क्षेत्र नं ५ मा २७ जनाको उम्मेदवारी दर्ता भएको छ। 

यसैगरी प्रदेशसभाका १० पदका लागि एक सय छजनाको उम्मेदवारी दर्ता भएको छ। जसमा प्रदेश नं १ को (क) मा छ, (ख) मा १२, क्षेत्र नं २ को (क) र (ख)मा १०–१०, क्षेत्र नं ३ को (क) मा आठ, (ख) मा ११, क्षेत्र नं ४ को (क) मा १० (ख) मा १२, क्षेत्र नं ५ को (क) मा ११, (ख) मा १६ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

झापामा तीन राजनीतिक दलका शीर्षनेता उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा होमिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली क्षेत्र नं ५ बाट, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन क्षेत्र नं ३ बाट र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरी चुनावी अभियानमा होमिएका हुन्।

प्रकाशित: Oct 10, 2022| 21:13 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...