बुधबार, जेठ ९, २०८१

मेस्सीको अन्तिम विश्वकप

अर्जेन्टिनाले अहिलेसम्म दुईपटक विश्वकपको उपाधि जितिसकेको छ। उसले सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो।
 |  मंगलबार, असोज २५, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, असोज २५, २०७९

काठमाडौं- अर्जेन्टिनाका विश्वप्रशिद्ध फुटबल कप्तान लियोनल मेस्सीले अर्को महिना हुने कतार विश्वकप सन् २०२२ आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका छन्। सात पटकका वालोन डी'ओर विजेता मेस्सी ३५ वर्ष पुगिसकेका छन्। सन् २००६ मा पहिलो पटक विश्‍वकप खेलेका मेस्सीले चारवटा विश्वकप खेलिसकेका छन् तर पनि उनी उपाधीविहीन छन्। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग १-० गोल अन्तरले पराजित भएर विश्व च्याम्पियन हुने मौका गुमाएको थियो। बढ्दो उमेरका कारण उनले अर्को पटकको विश्वकपमा सहभागी जनाउन नसक्ने र यो विश्वकप नै आफ्नो अन्तिम रहेको बताएका छन्।

triton college

पहिलो पटक आफ्नो भविष्यको बारेमा स्टार प्लससँग कुरा गर्दै उनले आफ्नो अन्तिम विश्वकप रहेको बताएका हुन्। उनले भने ʻयो विश्वकप मेरो अन्तिम विश्वकप हो। हो यो साँचो हो, म विश्वकप आउने दिन पर्खिरहेको छु। विश्वकपलाई लिएर म केही नर्भस पनि छु किनकी मैले यसको बारेमा धेरै सोचेको छु।ʼ

मेस्सीले विश्वकपमा अर्जेन्टिना बलियो टिम रहेको तर प्रतियोगितामा नतिजा जे पनि हुन सक्ने बताए। उनले भने, ʻविश्वकप हो, त्यहाँ जे पनि हुन सक्छ, सबै खेलहरु धेरै प्रतिस्पर्धात्मक हुन्छन्। हामी प्रतियोगितामा बलियो टिम त हौं तर सधैं त्यसले जित्छ भन्‍ने पनि हुँदैन्।ʼ त्यस्तै उनले आफ्नो टिमलाई अरुजस्तै सामान्य रहेको र इतिहास हेर्दा आफूहरु सधै बलियो रहेको दाबी गरेका छन्। 

उनले भने, ʻमलाई थाहा छैन यसपटक हामी प्रतियोगिताको दाबेदारी टिम हो की होइनौं? हाम्रो इतिहास हेर्ने हो भने हामी सधैं यस प्रतियोगिताको दाबेदार टिम रहँदै आएका छौं। पछिल्लो समय हामीहरु उच्च लयमा रहेको कारण स्वत: हामीमाथी सबैले नजर राखेका छन्। तर मलाई आफ्नो टिम अरु जस्तै सामान्य लागेको छ, हामीमा कुनै त्यस्तो गुण केही पनि छैन।ʼ


corrent noodles
Metro Mart

 अर्जेन्टिनाले अहिलेसम्म दुईपटक विश्वकपको उपाधि जितिसकेको छ। उसले सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो।

त्यस्तै मेस्सीले विश्वकपको लागि आफू शारीरिक र मानसिक रुपमा सक्षम रहेको र अर्जेन्टिनाको जर्सिमा धेरै खेल खेलिसकेको कारण प्रतियोगितामा धेरै समस्या नहुने बताए। उनले भने, ʻम शारीरिक र मानसिक रुपमा फिट छु। मैले जारी सिजन पनि राम्रो प्रदर्शन गरिरहेको छु, जसले गर्दा म मानसिक रुपमा फिट छु। मैले अर्जेन्टिनाको जर्सीमा धेरै खेल खलिसकेको छु। जसले गर्दा अब म जस्तो अवस्थामा पनि देशका लागी खेल्न सक्छु। देशबाट खेल्ने क्रममा केही समयहरु धेरै राम्रा पनि आए जस्तैः सन् २०१४ विश्वकप, सन् २०१४/१५ मा कोपा अमेरिका फाइनल खेल्यौं तर हामी त्यहाँ विजेता बन्‍न सकेनौं, जसकारण हाम्रो धेरै आलोचना पनि भयो।ʼ

अर्जेन्टिनाप्रति आफ्नो माया धेरै रहेको र अर्जेन्टिनाका मानिसहरुले आफ्नो टिमलाई समर्थन गरेको देख्दा उत्साहित रहेको बताए। उनले भने, ʻम अर्जेन्टिनालाई कति माया गर्छु, त्यसलाई व्यक्त गर्न सक्दिनँ। म यस्तो ऐतिहासिक देशमा जन्मिएकोमा धेरै आभारी छु। देशबाट खेल्दाका ती तिता-मिठा अनुभवहरु मेरा लागि धेरै विशेष छन्। मेरो अन्तिम विश्वकप सबै अर्जेन्टिनाका मानिसहरुले विशेष महत्तवका साथ हेर्नेछन्। उनीहरुप्रति म धेरै आभार व्यक्त गर्न चाहान्छु। अर्जेन्टिनाका जनताहरु हाम्रा लागि धेरै कुराहरुको त्याग गर्न तयार छन्, उनीहरुले हाम्रो टिमप्रति धेरै विश्वास गरेका छन्। उक्त विश्वासलाई हामी पनि तोड्न चाहादैनौं, उनीहरुको समर्थन देखेर म विश्वकप आउने दिन गन्दै उत्साहित छु।ʼ

सन् २०२४ नोभेम्बर २० बाट सुरु हुने विश्वकपको ग्रुप सी मा रहेको अर्जेन्टिनासँगै साउदी अरबिया, पोल्यान्ड र मेक्सिको रहेका छन्। पछिल्लो समय लगातार ३५ खेलमा अपराजित रहेको अर्जेन्टिना उच्च मनोबलका साथ कतारको मैदानमा उत्रिँदै छ।

म्यारोडोनासँगको तुलना

प्रकाशित: Oct 11, 2022| 06:40 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।