बुधबार, असार ३, २०८३

कञ्‍चनपुर-१ मा बिनाको सहजता : ०७४ मा तारालामाले छोडे, यसपटक दिवानले

०७४ मा सम्पन्‍न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच वामगठबन्धन भएका वेला बिना मगर संघ र तारा लामा तामाङ प्रदेशतर्फ उम्मेदवार भएका थिए। दुबै दोब्बर मतले निर्वाचित भएका थिए। २०७४ मा बिनालाई केन्द्र छोडेका तारा लामा यसपटक उनीविरुद्ध मैदानमा होमिएका छन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- पुनर्बास नगरपालिका-३ आईबीआरडीमा जन्मेकी पूर्व मन्त्री विना मगरको चुनावी क्षेत्र हो, कञ्‍चनपुर क्षेत्र नम्बर-१। सोही क्षेत्रका पूर्व प्रदेशमन्त्री तारालामा तामाङ पनि पुनर्बास नगरपालिका-३ अरनिको बस्तीका स्थानीय हुन्।

National life

एकै गाउँका मगर र तामाङ उमेरका हिसाबले चालिसको दशकमा हिँड्दै छन्। तामाङले नेकपा एमालेबाट विद्यार्थी जीवनबाटै जिल्ला केन्द्रित राजनीति गरे भने मगरले २०५६ यता सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारी कञ्चनपुरको जिल्ला अध्यक्ष भएकी थिइन्।

काठमाडौंमा उनले तत्कालीन अखिल क्रान्तिकारीमा आवद्ध भएर भित्रिरूपमा नेकपा माओवादीको पूर्णकालीन सदस्यको रूपमा काम गरिन् र केन्द्रीय राजनीतिमा सक्रिय भइन्। 

०७४ मा सम्पन्‍न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच वामगठबन्धन भएका वेला बिना मगर संघ र तारा लामा तामाङ प्रदेशतर्फ उम्मेदवार भएका थिए। दुबै दोब्बर मतले निर्वाचित भएका थिए। २०७४ मा बिनालाई केन्द्र छोडेका तारा लामा यसपटक उनीविरुद्ध मैदानमा होमिएका छन्। 

यसपटक बिना मगरका लागि नेपाली कांग्रेसका नेता संविधान सभा सदस्य दिवानसिंह विष्टले प्रतिनिधि सभा छोडेर प्रदेश सभामा झरेका छन्। एक महिनाअघि मात्रै टिकटका लागि नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेकी तामाङसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी पूर्वमन्त्री बिना मगर प्रतिस्पर्धामा उत्रिएकी हुन्। 

Shivam cement

बिनासहित नेपाली कांग्रेसले प्रदेश १ (क) बाट बन्धु राना र १ (ख) मा दिवानसिंह विष्ट उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट तामाङसहित वीरबहादुर थापालाई प्रदेश १ (क) र प्रदेश १ (ख) बाट पल्लव राज भट्टले उम्मेदवारी दिएका छन्। 

कन्चनपुर जिल्लाको पूर्व पार्टी अध्यक्ष तामाङलाई मन्त्री पदबाट हटाइएपछि समाजवादीसँग रुष्ट बनेका उनी भदौ १५ गते एमालेमा प्रवेश गरेका थिए। नेता तामाङले भने, ‘सत्ताधारी लोकतान्त्रिक गठबन्धन भनेको नेता र कार्यकर्ता बीचको हो। हाम्रो यात्रा भनेको जनतासँग। जनताले साथ दिएमा जित्नेमा ढुक्क छु’, उनले भने, ‘जनता मलाई जिताउन आतुर छन् र उहाँहरूको विश्वासलाई म तोड्ने छैन।’ 

प्रदेशमा झरे दिवान सिंह

नेपाली कांग्रेसबाट संविधानसभा सदस्य रहिसकेका कांग्रेसका नेता दिवानसिंह विष्टले आफू प्रतिनिधि सभामा नै उम्मेदवारी दिने बताउँदै आएका थिए। तर, सत्ता गठबन्धनको सिट बाँडफाँटमा उक्त क्षेत्र माओवादीको भागमा परेपछि दिवान प्रदेश सभामा झर्न बाध्य भएका हुन्। दिवान प्रदेशमा झरेपछि कांग्रेस कार्यकर्तामा केही असन्तुष्टि देखिएको छ। 

०७० को दोस्रो संविधान सभा सदस्य र ०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचन कांग्रेस नेता विष्ट र माओवादी नेतृ मगर प्रतिस्पर्धी थिए। २०७० को संविधानसभामा विजयी भएका विष्ट अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। 

विस्टलाई वाम गठबन्धनको तर्फबाट माओवादीको उम्मेदवार बनेकी विना मगरले १९ हजार ५ सय ८४ मतान्तरले पराजित गरेकी थिइन्। ३९ हजार २१ मत प्राप्त गरेर मगर विजयी हुँदा विष्टले १९ हजार ४३७ मत ल्याएका थिए। दुई-दुई पटक निर्वाचनमा प्रतिस्पर्धी रहेका मगर र विष्ट यस पटक निर्वाचनमा एक अर्काका सहयोगी बनेर चुनावी मैदानमा उत्रिएका छन्।

भारतसँग सीमा जोडिएको, विकासका दृष्टिकोणले पछाडि परेको क्षेत्र भएकाले क्षेत्र १ को समृद्धिका लागि मगरलाई अघि सारिएको माओवादी केन्द्रका स्थानीय नेताहरूले बताएका छन्। दुई नगरपालिका र दुई गाउँपालिका रहेको कञ्‍चनपुर क्षेत्र नम्बर १ मा ३० वैशाखमा सम्पन्‍न स्थानीय तह निर्वाचनको नतिजामा भने कांग्रेस अगाडि छ। 


 




प्रकाशित: Oct 10, 2022| 18:46 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...