मंगलबार, साउन १९, २०८३

देउवा, प्रचण्ड र ओलीसँग कति जना भिड्दैछन्?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएर आयोगले सोमबार उजुरी माग गरेको छ। प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुको निर्वाचन क्षेत्रमा कति प्रतिस्पर्धी छन् भन्‍ने आम चासो रहेको छ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएर आयोगले सोमबार उजुरी माग गरेको छ। प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुको निर्वाचन क्षेत्रमा कति प्रतिस्पर्धी छन् भन्‍ने आम चासो रहेको छ।  

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा ११ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार देउवाको क्षेत्रमा ११ जना पुरुषको मात्रै उम्मेदवारी परेको हो। 

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २ नम्बरमा १३ जनाको उम्मेदवारी परेको छ। जसमा १२ पुरुष र १ महिला गरि कुल १३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिको निर्वाचन क्षेत्र झापा ५ मा २७ जनाको उम्मेदवारी परेको छ। जसमा झापार २३ पुरुष र ४ जना महिलाको उम्मेदवारी परेको छ।


प्रकाशित: Oct 10, 2022| 18:07 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...