मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेजीको माग गर्दै कर्ण मल्लले दिए उजुरी

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेजीको माग गर्दै कर्ण मल्लले दिए उजुरी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दिएका छन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दिएका छन्। 

देउवाविरुद्ध बीपी कांग्रेसबाट उम्मेदवारी दिएका कर्ण मल्लले सोमबार मुख्य निर्वाचन कार्यालय डडेल्धुरमा उजुरी दिएका हुन्। मल्लले देउवाको नामांकन जन्म मितिमा एउटा र मतदाता नामावालीमा अर्कै भएको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ।

प्रमुख निर्वाचन अधिकृत वालकृष्ण वाग्लेले उजुरी परेको बताउँदै कानुन वमोजिम मंगलबारसम्म निर्णय लिइने जानकारी दिएका छन्। उनले भने, 'आवश्यक छानबिन गरी ऐन कानुन अनुसार कारबाही गरिन्छ।' 

आइतबार प्रधानमन्त्रीपत्नी तथा कांग्रेस नेता आरजु देउवा वारेस भएर देउवाको उम्मेदवारी दर्ता गराएकी थिइन्।

प्रकाशित: Oct 10, 2022| 17:45 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...