बुधबार, असार ३, २०८३

गच्छदारको उम्मेदवारी खारेजी माग गर्दै उजुरी

सुनसरी–३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दिएका कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं– सुनसरी–३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दिएका कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ। गच्छदारको उम्मेदवारी खारेज माग गर्दै काठमाडौं महानगर–७ का विवेक अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।

National life

बालुवाटारस्थित गच्छदारविरुद्धको ललिता निवास जग्गा हिनामिनाको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा उम्मेदवारी परेकाले छानबिन गरी उक्त उम्मेदवारी खारेज गर्न माग गरिएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

निर्वाचन कार्यालय उनीसहित १७५ ‘हाइ–प्रोफाइल’विरुद्ध ०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि उनी सांसदबाट निलम्बित भएका थिए भने प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको थियो।

डेढ वर्ष फरार भएपछि केपी ओलीको सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनी अदालतमा हाजिर भएका थिए। अख्तियारले ९ करोड ६५ लाख बिगो दाबी गरे पनि अदालतले गच्छदारलाई १० लाख धरौटीमा छाडेको थियो।

प्रकाशित: Oct 10, 2022| 16:02 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...