मंगलबार, साउन १९, २०८३

चुनावमा टिकट नपाएपछि रिसाइन् करिश्मा

सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै करिश्माले टिकट नपाएकामा गुनासो गरेकी हुन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं– नेकपा एमालेबाट टिकट नपाएपछि नायिका करिश्मा मानन्धरले असन्तुष्टि पोखेकी छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै करिश्माले टिकट नपाएकामा गुनासो गरेकी हुन्। 

उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवान्ले सबै दिए। तर आज महसुस हुँदै छ, बन्दकोठामा बस्नुभन्दा बाहिर निस्केर सास फेर्नु राम्रो।’ करिश्मा ललितपुर–१ मा बस्छिन्।

८ चैत २०७८ मा एमाले प्रवेश गरेकी करिश्माले त्यसलगत्तै आफ्नो वास्तविक नाम सूर्यकुमारी भएको सार्वजनिक गरेकी थिइन्। उनले आगामी निर्वाचनमा पार्टीले टिकट दिए मैदानमा उत्रिने घोषणासमेत गरेकी थिइन्।

प्रकाशित: Oct 10, 2022| 15:31 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...