बुधबार, असार ३, २०८३

४ मंसिरको निर्वाचन निष्पक्ष हुन्छ : सञ्चारमन्त्री कार्की

आगामी निर्वाचनपछि मुलुकमा विकास, समृद्धि, सुशासन, शान्ति स्थायित्व र आर्थिक स्थिरता कायम हुने मन्त्री कार्कीको विश्वास।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

इनरुवा– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। 

National life

आइतबार नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराएका उनले सोमबार  सञ्चारकर्मीसँग आगामी निर्वाचनपछि मुलुकमा विकास, समृद्धि, सुशासन, शान्ति स्थायित्व र आर्थिक स्थिरता कायम हुने बताए।

अबको सरकारले देशबाट बेरोजगारी र गरिबी अन्त्यका लागि काम गर्ने उनको भनाइ छ। संविधानको रक्षा गरी आन्तरिक एकतालाई मजबुत पार्ने काममा सरकार लागिपरेको उनले दाबी गरे।

शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायातसहितका क्षेत्रका कामलाई पूर्णता दिनका लागि काम गर्ने मन्त्री कार्कीले उल्लेख गरे।प्रतिनिधिसभामा आफ्नो पाँच वर्षे कार्यकाल अन्तर्गत विश्व नै कोरोना महामारीका कारण डेढ वर्ष पूर्ण प्रभावित भएको र बाँकी समय आफूले राम्रो काम गरेको दाबी उनको छ। 

उनले कांग्रेस सरकारले नागरिकका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्ने बताए। मन्त्री कार्कीले आफूहरूले गरेको कामको अध्ययन गरी सही मूल्यांकन गरिदिन नेपाली जनतालाई आग्रह गर्दै आगामी दिनमा कसरी काम गर्ने भन्नेबारेमा स्पष्ट धारणाका साथ जनताका घरदैलौमा भेटघाट गर्ने कार्यक्रम अगाडि बढाउन लागेको जानकारी दिए।

Shivam cement

आगामी निर्वाचनमा आफू विजयी भएसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, गरिबी निवारण र रोजगारीको सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको मन्त्री कार्कीले बताए। अघिल्लो निर्वाचनमा पनि विजयी बनेका मन्त्री कार्कीले दोस्रो पटक सोही क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।–रासस

प्रकाशित: Oct 10, 2022| 13:15 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...