मंगलबार, असोज १, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सुनसरी–२ (क) मा संविधानसभा सदस्य र पूर्वमेयरबीच प्रतिस्पर्धा, दुवैमाथि अवसरवादको आरोप

सुनसरी–२ (क) मा संविधानसभा सदस्य र पूर्वमेयरबीच प्रतिस्पर्धा, दुवैमाथि अवसरवादको आरोप

सुनसरी २ (क) मा पूर्व एमाले र वर्तमान एमालेका बीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। लामो समय भण्डारीविरुद्ध अभिव्यक्ति दिँदै आएका चौधरी जसरी पनि चुनाव जित्ने योजनामा छन्। थारु मत र एमालेको असन्तुष्ट मत आकर्षण गर्ने चौधरीको योजना छ।
 |  सोमबार, असोज २४, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

सोमबार, असोज २४, २०७९

इटहरी– सुनसरी क्षेत्र नम्बर २ (क)मा संविधानसभा सदस्य र इटहरी उपमहानगरपालिकाका पूर्व मेयरबीच प्रतिस्पर्धा हुने भएको छ। नेकपा एमालेबाट भर्खरै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका पूर्वमेयर द्वारिकलाल चौधरी र नेकपा एमालेका जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य रेवती रमण भण्डारीबीच प्रतिस्पर्धा हुने भएको हो। 

triton college

भण्डारी संविधानसभाका सदस्य हुन्। संविधान मयौदा समितिका सदस्यसमेत रहेका भण्डारी कानुनी विज्ञ हुन्। संविधानसँगै कानुन निर्माणमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी २ (क) बाट प्रदेशसभा उम्मेदवार बनेका छन् भण्डारी।

नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष चौधरी पनि इटहरीका चर्चित नेता हुन्। इटहरीका पूर्व मेयर रहेका चौधरी केही दिन अगाडि एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका थिए। पार्टी परिवर्तनसँगै उनी सत्तारुढ गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नम्बर २ (क) बाट प्रदेसभा सदस्यको उम्मेदवार भएका छन्।

भण्डारी प्रदेशसभा सदस्यको उम्मेदवार बन्दै गर्दा उनी अध्यक्ष रहेको जनता बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ। एमाले निकट अनेरास्ववियूले विगत ३ महिनादेखि लगाएको तालाबन्दी अझै खुल्न सकेको छैन। भण्डारी अध्यक्ष भएसँगै क्याम्पसमा बारम्बार विवाद बढिरहेको छ। विद्यार्थी संगठनले भण्डारीले नेतृत्वको गरेको समितिको विरोधमा आन्दोलन जारी राखेको छ। 

जिम्मेवारीविहीन भएको समयमा क्याम्पसको अध्यक्ष समेत बन्ने इच्छा राखे उनले। अब्बल अध्यक्षको भूमिका देखाउने अवसर पाएका भण्डारी अन्ततः असफल देखिएका छन्। पद पूर्ति समितिमार्फत नयाँ कर्मचारी भर्नाको विषयमा उठेको विवाद उनले समाधान गर्न सकेका छैनन्। जसका कारण पार्टीभित्र उनी आलोपचत बन्न पुगेका छन्। अवसर पाए जस्तोसुकै पद पनि नछाड्ने भन्दै भण्डारीको आलोचना हुने गरेको छ। प्रतिनिधिसभामा दाबी गरेका भण्डारी प्रदेशमै पनि उम्मेदवार हुनुले यसलाई पुष्टि गरेको एमालेकै कार्यकर्ताहरु बताउँछन्। 

Metro Mart
vianet
सुनसरी २ (क) मा पूर्व एमाले र वर्तमान एमालेका बीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। लामो समय भण्डारीविरुद्ध अभिव्यक्ति दिँदै आएका चौधरी जसरी पनि चुनाव जित्ने योजनामा छन्। थारु मत र एमालेको असन्तुष्ट मत आकर्षण गर्ने चौधरीको योजना छ।

२०७४ मा भीम आचार्यका कारण टिकट नपाएको भन्दै भण्डारी रुष्ट थिए। लामो समय आचार्यको विरुद्धमा लागेका उनी प्रदेश १ संसदीय दलको नेतामा आचार्यलाई पराजित गराउन लागिपरे। आचार्यले पैसा लिएर स्थानीय तहमा टिकट वितरण गरेको भण्डारीको आरोप थियो। अहिले उनै भण्डारी आचार्यसँगै चुनावी मैदानमा छन्। आचार्यले प्रतिनिधिसभामा मत माग्दै गर्दा भण्डारी प्रदेशसभामा उभिएका छन्। 

चौधरी पनि एमालेमा भाग नपाएपछि माओवादी प्रवेश गरेको आरोप छ। एमालेको नवौं जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएपछि चौधरी रुष्ट भएका थिए। पछि केन्द्रीय सदस्य बन्ने तयारीमा रहेका उनलाई ओलीले खाली हात फर्काइदिए। त्यसपछि स्थानीय तह निर्वाचनमा पुनः मेयर बन्ने सपना अधुरो भएपछि उनी माओवादी प्रवेश गरेका हुन्। एमालेभित्र अपमान भएको भन्दै उनले पार्टी परित्याग गरेको बताउँदै आएका छन्। 

सुनसरी २ (क) मा पूर्व एमाले र वर्तमान एमालेका बीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। लामो समय भण्डारीविरुद्ध अभिव्यक्ति दिँदै आएका चौधरी जसरी पनि चुनाव जित्ने योजनामा छन्। थारु मत र एमालेको असन्तुष्ट मत आकर्षण गर्ने चौधरीको योजना छ। कांग्रेस, माओवादी र केही एमालेको मतले चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् उनी। तथापि गठबन्धनका दलहरुले उनलाई अवसरवादीको आरोप लगाएका छन्।

प्रकाशित: Oct 10, 2022| 11:30 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।