मंगलबार, साउन १९, २०८३

यी १६ चिकित्सक जसले आगामी निर्वाचनमा उम्मेदवारी दिए

उम्मेद्धारी दिने अधिकांश चिकित्सकहरु स्वतन्त्र छन् भने केही चिकित्सकले राजनीतिक दलबाट नै टिकट पाएका हुन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि १६ जना चिकित्सकले प्रत्यक्ष तर्फबाट उम्मेद्धारी दिएका छन्। उम्मेद्धारी दिने अधिकांश चिकित्सकहरु स्वतन्त्र छन् भने केही चिकित्सकले राजनीतिक दलबाट नै टिकट पाएका हुन्। 

निर्वाचन आयोगले हिजोका लागि प्रत्यक्ष तर्फबाट उम्मेद्धारी दिने अन्तिम दिन तोकेको थियो। राजनीतिक दलबाट टिकट पाउनेहरुमा चितवन क्षेत्र नं ३ बाट माओवादीको कोटाबाट गठबन्धन उम्मेद्धार डा. भोजराज अधिकारी छन्। 

त्यस्तै नोवेल मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्मा नेपाली कांग्रेसको तर्फबाट विराटनगर ३ बाट उम्मेद्धार बनेका छन् भने काठमाडौँ क्षेत्र नं ५ बाट राप्रपाको तर्फबाट प्रा.डा. रामप्रसाद उप्रेतीले उम्मेद्धारी दिएका छन्। 

त्यस्तै स्याङ्जा २ ख बाट कान्तिपुर डेन्टल कलेजका सञ्चालक डा. बुद्धिमान श्रेष्ठलाई नेकपा एमालेले उम्मेद्धार बनाएको छ।

त्यस्तै स्वतन्त्रबाट उम्मेद्धारी दिनेहरुमा ललितपुर ३ बाट डा तोशीमा कार्की, रुपन्देही २ बाट डा निकोलस भुसाल, काठमाडौँ ४ बाट अर्चन शम्शेर राणा, ललितपुर २ बाट सुदीन शाक्य सहित अन्य ७ जना डाक्टर स्वतन्त्रबाट उम्मेद्धारी दिएका छन्।

प्रकाशित: Oct 10, 2022| 09:40 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...