मंगलबार, साउन १९, २०८३

कञ्चनपुर-१ मा बिना मगरको उम्मेदवारी

नेकपा माओवादी केन्द्रले बिना मगरलाई र नेपाली कांग्रेसले प्रदेश १(क)बाट बन्धु राना र १(ख)मा दिवानसिह विष्टलाई टिकट दिएको छ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि सत्ताधारी वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर १ का उम्मेदवारको टुङगो लागेको छ।

कञ्चनपुर १ मा संघ तर्फ नेकपा माओवादी केन्द्रले पोलिटब्युरो सदस्य तथा पूर्व खानेपानीमन्त्री बिना मगरलाई र नेपाली कांग्रेसले प्रदेश १(क)बाट बन्धु राना र १(ख)मा दिवानसिह विष्टलाई टिकट दिएको छ। 

संविधान सभा सदस्य समेत रहेका कांग्रेस नेता विष्ट संघमा एकल सिफारिस भएका थिए। विष्टलाई मुख्यमन्त्री दिने सर्तमा संघमा एकल सिफारिस भएपनि अन्तत प्रदेशका चुनाव लड्न तयार भएका छन्। राना निवर्तमान काँग्रेस कञ्चनपुर उपसभापति हुन। बाम गठबन्धनका तीनै उम्मेदवारलाई बलियो रुपमा हेरिएको छ।

 ०७०को दोस्रो संविधान सभा सदस्य र ०७४ को प्रतिनिधी सभा सदस्य निर्वाचन कांग्रेस नेता विष्ट र माओवादी नेतृ मगर प्रतिस्पर्धी थिए। ०७०मा काँग्रेस नेता विष्ट र ०७४मा मगर निर्वाचित भएका थिए। दुई पटकका निर्वाचनमा प्रतिस्पर्धी रहेका मगर र विष्ट यस पटक निर्वाचनमा एक अर्काका सहयोगी बनेर चुनावी मैदानमा उत्रिएका छन।

गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनले ४७ हजार ४३३ मत ल्याएका थिए। काँग्रेंस नेता दिवान सिह विष्टले केही बेरमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउने बताउँदै वाम-लोकतान्त्रिक गठबन्धन मिलेर चुनाव परिमाण लिने बताए।


प्रकाशित: Oct 10, 2022| 08:59 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...