मंगलबार, साउन १९, २०८३

संखुवासभाबाट संघीय सांसदका लागि १२ जनाको उम्मेदवारी

प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा दुई स्वतन्त्र र १० दलको आइतबार उम्मेदवारी परेको छ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

संखुवासभा- आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि संखुवासभामा १२ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा दुई स्वतन्त्र र १० दलको आइतबार उम्मेदवारी परेको छ।

प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का, नेकपा (एमाले)का राजेन्द्रप्रसाद गौतम, , राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तनारायण श्रेष्ठ, मङ्गोल नेशनल पार्टीबाट देवेन्द्रकुमार घले र राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टीकाराम शाही, जनता समाजवादी पार्टीबाट दीपककुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोलामान कार्की, नेशनलिष्ट पिपल्स पार्टीबाट विनोद घिमिरे र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बूले उम्मेदवारी दिए। स्वतन्त्रतर्फ प्रवीन कार्की र तेन्जि भोटियाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए।

प्रदेश सभा (क) मा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको छ। प्रदेश सभा (क) मा प्रदेश सदस्यका लागि गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट राजेन्द्र कार्की, नेकपा (एमाले)बाट भविश्वर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट घामसिंह राई र जनता समाजवादी पार्टी नेपालबाट सीताराम तिम्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रमोद श्रेष्ठ र नेशनलिष्ट पिपल्स पार्टीबाट मिनेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रमा वीरेन्द्रकुमार राईले मनोनयन दर्ता गराएका छन्।

प्रदेशसभा (ख) तर्फ स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ। गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सरिता थापा, एमालेको तर्फबाट बिदुरकुमार लिङ्थेप, मङ्गोल नेशनल पार्टीबाट माया गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट पदमबहादुर जोशीले उम्मेदवारी दर्ता गराए। त्यस्तै जनता समाजवादी पार्टीबाट पूर्ण शेर्पा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ङिमारिञ्जी शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालप्रसाद दाहालले उम्मेदावरी दर्ता गराए। प्रदेशसभा (ख) तर्फ मानबहादुर कार्की र प्रेमबहादुर लिम्बूले स्वतन्त्र उम्मेदवारी दर्ता गराए। जिल्लामा एक लाख १६ हजार पाँच सय ५४ मतदाता छन्।

प्रकाशित: Oct 10, 2022| 08:10 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...