बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • झलनाथ खनालले इलाम–१ र सुवासचन्द्र नेम्वाङले इलाम–२ बाट मनोनयन दर्ता

झलनाथ खनालले इलाम–१ र सुवासचन्द्र नेम्वाङले इलाम–२ बाट मनोनयन दर्ता

इलाम प्रतिनिधिसभा क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराएका छन्। खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराएका हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

इलाम- इलाम प्रतिनिधिसभा क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराएका छन्। खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराएका हुन्। 

National life

त्यस्तै सोही क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट जिल्ला अध्यक्ष महेश बस्नेतले मनोनयन गर्दा गराएका छन्। सोही क्षेत्रमा स्वतन्त्रको तर्फबाट विक्रम पाण्डेले समेत मनोनयन दर्ता गराएका छन्। 

प्रदेशसभातर्फ गठबन्धनको तर्फबाट (क) मा खिनु लङ्वाले मनोनयन दर्ता गराएका छन्। एकीकृत समाजवादीबाट उनले दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका हुन्। त्यस्तै (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सभापति शम्शेर राईले मनोनयन दर्ता गराएका छन्। 

नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा इलाम क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएकका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराएका हुन्। 

उनको समर्थकमा एमाले जिल्ला उपसचिव रवीन्द्र सुवेदी रहेका छन् भने प्रस्तावकमा एमाले फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल रहेका छन्। त्यस्तै गठबन्धनको तर्फबाट सो क्षेत्रमा नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्। उनलाई गठबन्धनका दलहरूको समर्थन रहेको छ।

Shivam cement

यही निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले समेत मनोनयन दर्ता गराएका छन्। प्रदेशसभा (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द गिरीले मनोनयन दर्ता गराएका छन्। (ख) मा भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छा लावतीले मनोनयन दर्ता गराएका छन्। 

एमालेका तर्फबाट (क)मा गणेश बराल र (ख) मा राम रानाले मनोनयन दर्ता गराएका छन्। बराल निवर्तमान जिल्ला समन्वय समिति सभापति हुनुहुन्छ भने राना प्रदेशसभा सदस्य छन्। 

प्रकाशित: Oct 09, 2022| 20:10 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...