बुधबार, असार ३, २०८३

यी हुन् बाँकेमा जसपाका उम्मेदवार

जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारी दिएको छ। ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो। अन्य ठाउँमा गठबन्धन भए पनि बाँकेमा जनता समाजवादी पार्टी एक्लै चुनावी मैदानमा छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

बाँके- जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारी दिएको छ। ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो। अन्य ठाउँमा गठबन्धन भए पनि बाँकेमा जनता समाजवादी पार्टी एक्लै चुनावी मैदानमा छ।

National life

बाँके क्षेत्र नं १ प्रतिनिधि सभामा जसपाबाट रामकुमार यादव उम्मेदवार बनेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नं १ (क) बाट अम्मर बहादुर खड्काले उम्मेदवारी दिएका छन्। उनी माओवादी केन्द्र त्यागेर आइतबार नै जसपा प्रवेश गरेका हुन्। त्यस्तै क्षेत्र नं १ को (ख) बाट लालबहादुर शाह उम्मेदवार बनेका छन्।


 प्रतिनिधि सभा क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राईले उम्मेदवारी दर्ता गराएका छन्। २ को (क) बाट भण्डारी लाल यादव र (ख) बाट आदेश कुमार अग्रवालको उम्मेदवारी परेको छ। अग्रवाल आजैमात्र माओवादी केन्द्र त्यागेर जसपा प्रवेश गरेका हुन्।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं ३ मा नोयन्द्र धितालको उम्मेदवारी परेको छ। एमालेले टिकट वितरणमा अन्याय गरेको भन्दै धिताल जसपा प्रवेश गरेर निर्वाचन लड्न लागेका हुन्। प्रतिनिधि सभा क्षेत्र नं ३ को प्रदेश सभा (क) बाट गयासुद्दिन खान उम्मेदवार छन् भने (ख) बाट विजय कुमार पाठकले उम्मेदवारी दर्ता गरेका छन्। 

Shivam cement

प्रकाशित: Oct 09, 2022| 19:55 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...