बुधबार, असार ३, २०८३

गुल्मी-२ : विष्ट र झाँक्रीले गराए उम्मेदवारी दर्ता

नेकपा एमाले विभाजनअघिका दुई राजनीतिक सहकर्मी यसपटको आम निर्वाचनमा एकअर्काविरुद्ध आमने-सामने भएका छन्। नेकपा एमालेमा रहँदा गोकर्ण विष्टलाई जिताउन चुनावी मैदानमा होमिएकी झाँक्री यसपटक उनलाई पराजित गर्न चुनावी मैदानमा छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- नेकपा एमाले विभाजनअघिका दुई राजनीतिक सहकर्मी यसपटको आम निर्वाचनमा एकअर्काविरुद्ध आमने-सामने भएका छन्। नेकपा एमालेमा रहँदा गोकर्ण विष्टलाई जिताउन चुनावी मैदानमा होमिएकी झाँक्री यसपटक उनलाई पराजित गर्न चुनावी मैदानमा छन्। 

National life

गुल्मी-२ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका सचिव गोकर्णराज विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएका छन्। 

विष्ट र झाँक्रीले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। २०५६ को निर्वाचनदेखि गुल्मी-२ बाट विष्ट एमालेको उम्मेदवार बन्दै आएका छन्। उनले २०६४ को संविधानसभा निर्वाचनबाहेक तीनवटा चुनावमा जित हात पारेका थिए।

झाँक्री भने पहिलोपटक चुनावी मैदानमा छन्। झाँक्री कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन्।


प्रकाशित: Oct 09, 2022| 18:06 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...