बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आरजुले दोहोर्‍याइन् फ्रि भिसा फ्रि टिकटमा मलेसिया पठाइदिने अभिव्यक्ति

आरजुले दोहोर्‍याइन् फ्रि भिसा फ्रि टिकटमा मलेसिया पठाइदिने अभिव्यक्ति

गत स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताए फ्रिमा मलेसिया पठाइदिने अभिव्यक्ति दिएर आलोचित भएकी प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाले डडेलधुरा पुगेर त्यही कुरा दोहोर्‍याएकी छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं– गत स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताए फ्रिमा मलेसिया पठाइदिने अभिव्यक्ति दिएर आलोचित भएकी प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाले डडेलधुरा पुगेर त्यही कुरा दोहोर्‍याएकी छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता गराएपछि उनले आफूसम्बद्ध एनजीओबाट फ्रि भिसा र टिकटमा विदेश पठाउने लोभ देखाएकी हुन्। ‘रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्रि भिसा, फ्रि टिकटमा पठायौ। यस्तो स्किम यहाँ फेरि पनि कसरी ल्याउने भन्ने काम गर्छौं,’ उनले भनिन्।

स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताए फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाउने बताएपछि उनको आलोचना भएको थियो। सोही विषयमा निर्वाचन आयोगले उनलाई स्पष्टीकरण समेत सोधेको थियो।

प्रकाशित: Oct 09, 2022| 17:20 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...