मंगलबार, साउन १९, २०८३

गृहमन्त्री खाणद्वारा रुपन्देही ३ बाट उम्मेदवारी दर्ता

आज भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाणले पाँचदलीय गठनबन्धनका तर्फबाट साझा उम्मेदवारी दर्ता गरेका हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन्।

खाणसँगै सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डेले ३(क) प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका रामचन्द्र ढकालले ३(ख)बाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

उम्मेदवारी दर्ता गरेलगतै गृहमन्त्री खाणले लोकतान्त्रिक परिपाटी र लोकतान्त्रिकविधिको पालनाको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

आज भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाणले पाँचदलीय गठनबन्धनका तर्फबाट साझा उम्मेदवारी दर्ता गरेका हुन्।

प्रकाशित: Oct 09, 2022| 16:52 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...