मंगलबार, साउन १९, २०८३

खोटाङ कांग्रेसले भन्यो– गठबन्धनका उम्मेदवारलाई जिताउन सकिँदैन

नेपाली कांग्रेस खोटाङले गठबन्धनका उम्मेदवारलाई जिताउन नसकिने बताएको छ। स्थानीय जनभावना विपरीत गठबन्धनको उम्मेदवार तय भएको हुँदा आगामी मंसिर ४ को निर्वाचनमा विजयी गराउन नसकिने उसले बताएको हो।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

इटहरी– नेपाली कांग्रेस खोटाङले गठबन्धनका उम्मेदवारलाई जिताउन नसकिने बताएको छ। स्थानीय जनभावना विपरीत गठबन्धनको उम्मेदवार तय भएको हुँदा आगामी मंसिर ४ को निर्वाचनमा विजयी गराउन नसकिने उसले बताएको हो। 

खोटाङ कांग्रेसको सन्दर्भमा भएको गठबन्धनको निर्णय अन्यायपूर्ण भएको बताइएको छ। शनिबार सभापति शेरबहादुर देउवा तथा गठबन्धन दलका नेतालाई पत्र पठाउँदै नेताहरूले खोटाङ कांग्रेसजनमा निरासा छाएको बताएका छन्।

‘जिल्लाको वस्तुगत यथार्थ तथा संगठानिक अवस्थाको गहिरो विश्लेषण नगरी गरिएको निर्णयले खोटाङ कांग्रेसलाई गम्भीर आघात पुर्याएको छ। गठबन्धनको उद्देश्य नेताको व्यवस्थापनमात्र नभएर सिंगो पार्टी कार्यकर्ता र जनताको भावनाको समेत व्यवस्थापन हो। यसरी कार्यकर्ता र जनभावना विपरीत गरिएको निर्णयले पार्टीमा गम्भिर क्षति हुने देखिन्छ,’ पत्रमा भनिएको छ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभामा नेकपा माओवादी र प्रदेश क मा  नेकपा एकीकृत समाजवादीले टिकट पाएको छ। माओवादीको जिल्लाभर २१ सय ४४ मत मात्र रहेकोले त्यस्तो पार्टीको उम्मेदवारलाई विजयी गराउन नसकिने कांग्रेसको ठहर छ। 

हालको निर्णय पुनरावलोकन नभए सम्पूर्ण क्षतिको जिम्मेवार नेतृत्व वर्गले लिनुपर्ने पत्रमा जनाइएको छ।

पूर्व सांसद तथा पूर्व मन्त्री सर्वधन राई, जिल्ला सभापति विष्णुकुमार राई, पूर्व सभापतिहरू नरेश कुमार श्रेष्ठ र प्रवास कुमार पोखरेल, उप सभापति इवन राई, प्रदेश सदस्य जितेन्द्र सिंह ठकुरी लगायत विभिन्न भातृ संस्थाका प्रतिनिधि सहित २० जनाले पत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: Oct 08, 2022| 20:32 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...