मंगलबार, फागुन १९, २०८२

इन्डोनेसिया दंगामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

जाकर्ता- इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। 

स्थानीय समयानुसार आइतबार बिहान ९ : ३० बजे मृत्युको सङ्ख्या एक सय ५८ पुगेको थियो, भने १०:३० यो सङ्ख्या एक सय ७४ पुगेको पूर्वी जाभा प्रकोप न्यूनीकरण एजेन्सीले सङ्कलन गरेको तथ्याङ्ग भएको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले प्रसारक कोम्पासलाई टिभी च्यानललाई जानकारी दिएका छन्।

इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले दिएको समाचारमा खेलमा हार खाएको एक पक्षका समर्थकहरुले हार सहन नसकेर हिंसा मच्चाएका थिए। त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो। भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ।

हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए। त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो।प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भिडका बीचमा भागदौड भएको थियो। धेरैजसो मानिस भागदौडमा परेर ज्यान गुमाएका थिए। 

kumari

प्रकाशित: Oct 02, 2022| 22:40 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।