मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सँगै कार्यरत महिला प्रहरीलाई जबरजस्ती गरेको आरोपमा एक इन्स्पेक्टर पक्राउ

सँगै कार्यरत महिला प्रहरीलाई जबरजस्ती गरेको आरोपमा एक इन्स्पेक्टर पक्राउ

धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक (इन्पेक्टर) अपूर्व ढुंगाना पक्राउ परेका छन्।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

धादिङ- धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक (इन्पेक्टर) अपूर्व ढुंगाना पक्राउ परेका छन्।

महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। 

उनी खानीखोलाका प्रमुख समेत हुन्। सोही इलाका कार्यालयमा कार्यरत एक महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि उनलाई शनिबार पक्राउ गरिएको खत्रीले जानकारी दिए। 

‘उहाँविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको छ,’ डिएसपी खत्रीले भने, ‘उहाँको बारेमा थप अनुसन्धान भइरहेको छ।’

प्रकाशित: Oct 02, 2022| 21:16 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।