मंगलबार, साउन १९, २०८३

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गर्ने

इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

इटहरी– इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। नेकपा एमाले सुनसरी जिल्ला पूर्व अध्यक्षसमेत रहेका चौधरी प्रदेशसभाको टिकट पाउने शर्तमा माओवादी प्रवेश गर्न लागेका हुन्।

गठबन्धनतर्फ सुनसरी २ (का) माओवादीको भागमा पर्ने बुझेका उनी उम्मेदवार बन्ने शर्तमा पार्टी प्रवेश गर्न लागेको बताइएको छ।

नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सुनसरी जिल्ला अध्यक्षमा पराजित भएपछि असन्तुष्ट रहेका ऊनी पार्टी परिवर्तन गर्ने मुडमा पुगेका हुन्। इटहरीको मेयर भएका बेला विवादमा आएका उनले एमाले नेतृत्वप्रति खरो आलोचना गर्दै आएका छन्। 

मुख्यतः पूर्व उपमेयर लक्ष्मी गौतम र जिल्ला अध्यक्ष रेवतिरमण भण्डारी विरुद्ध उनी खुलेरै लागेका छन्। चौधरीमाथि  स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारलाई असहयोग गरेको आरोप पनि छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि औपचारिक रुपमा पार्टी प्रवेश गर्ने उनको तयारी छ। त्यसको लागि उनी काठमाडौं गएको माओवादी इटहरी इन्चार्ज मदन चुडालले बताए।

प्रकाशित: Oct 01, 2022| 15:45 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...