बिहीबार, असार ४, २०८३

नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त भए डिन थम्प्सन

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन्। उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका हुन्। २५ अक्टोबर २०१८ मा ओहदाको प्रमाणपत्र प्राप्त गरेका राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिएको हो। उनले नेपालमा विदाई भेटघाट गरिरहेका छन्।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काठमाडौं-  नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन्। उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका हुन्।  २५ अक्टोबर २०१८ मा ओहदाको प्रमाणपत्र प्राप्त गरेका राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिएको हो। उनले नेपालमा विदाई भेटघाट गरिरहेका छन्। 

National life

नेपालका लागि राजदूत रहेका र्‍याण्डी बेरीको कार्यकाल सकिएसँगै अब नेपालमा डिन थम्सन आउने भएका छन्। काठमाडौं स्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौं आउने छन्।

थम्सन यसअघि अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला ब्युरोफका उपसहायक सचिव थिए। अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई थियो।  थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ।

उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए। उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेश मन्त्रालयमा हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको ह्वाइट हाउसले जनाएको छ। यही क्रममा सेप्टेम्बर १५, २०२१ यता अमेरिकी विदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत थम्पसनले करिब चार वर्ष भारतमा रहेर काम गरेका थिए। 

Shivam cement

अमेरिकी विदेश मन्त्रालयका अनुसार उनले सन् २०११ देखि २०१५ सम्म भारतको पश्चिम बंगाल राज्यको कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए। दक्षिण एसियामा भारतसहित, बंगलादेश र श्रीलंकास्थित अमेरिकी नियोगहरूमा पनि उनले काम गरेका थिए। 

अमेरिकाको मलेसियास्थित दूतावासमा उपनियोग प्रमुखरुपमा पनि उनले काम गरेका थिए। थम्पसनले अमेरिकाको पाराग्वे र रोमानियास्थित दूतावासमा पनि काम गरेका थिए। सुरक्षा मामिलामा विज्ञ थम्पसन विदेश सेवामा आउनुअघि रक्षा मन्त्रालयमा कार्यरत थिए। राजदूत थम्पसनले अमेरिकाको नेसनल वार कलेजबाट नेसनल सेक्युरिटी स्टडिजमा स्नातकोत्तर गरेका छन्।

त्यसैगरी अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पब्लिक अफेयर्स स्कूलबाट पब्लिक म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्।


प्रकाशित: Oct 01, 2022| 13:55 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...