मंगलबार, साउन १२, २०८३

खसी बोकाको माग घट्दै

कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता लागेको छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

सुदूरपश्चिम- कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता लागेको छ।  धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिएका मानबहादुरले भने, ‘पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो।’ पहाडी क्षेत्रको चुरे गाउँपालिका बासिन्दाको मुख्य पेशा नै बाख्रापानलन रहेको छ।

यो क्षेत्र बाख्रापालनका लागि पकेट क्षेत्रका रुपमा रहेको छ। यसबाहेक चुरेका किसानको अर्को आयस्रोतको रुपमा फलफूल, अदुवा र बेसारको खेती पनि छ। उनले थपे, ‘पहिलेको भन्दा महँगी बढेको भएर पनि अपेक्षा गरेअनुसारको बिक्री हुन नसक्ने समस्या देखिएको हुनसक्छ।’ उनीसहितको समूहले तीन दिनदेखि धनगढीका चोक र गल्लीमा पुगेर खसी बोकाको घुम्ती व्यापार गरिरहेका छन्।

अर्का किसान दानबहादुर बुढाले दसैँको समयमा चुरे गाउँपालिकामा पालिएका खसी बोका बिक्रीका लागि काठमाडौँ र पोखरासम्म पुर्‍याउने गरिएको बताउँछन्। उनले भने, ‘यहाँका खसी बोकाको बिक्रीबाट मुनाफा बढी लिने सोचले जिल्ला बाहिर लग्ने गरिए पनि सोचे अनुसारको फाइदा लिन सकिएको छैन।’ चुरे गाउँपालिकाका कतिपय किसान परिवारले एउटै खोरबाट कम्तीमा पनि ३५-४० वटा बाख्रा पाल्ने गरेका छन्।

व्यापारी लोकबहादुर बोहराले पनि बलि दिने परम्परामा कमी आउँदा खसीबोकाको स्थानीय क्षेत्रमा माग पहिलेको जस्तो नभएको अनुभव सुनाए।  ‘स्थानीय क्षेत्रमा जिउँदो खसी मुस्किलले प्रति किलो रु पाच सय ५० मा खरिद बिक्री भइरहेको छ’, बोहराले भने, ‘पहिलेको भन्दा माग निकै घट्दा समस्या भइरहेको छ।’

यहाँका खसी बोका पोखरा काठमाडौँ पुर्‍याएर बेच्दा प्रतिकिलो रु सात सय देखि आठसयसम्ममा बिक्री हुने गरेको व्यापारीले बताएका छन्। बाख्रापालन व्यवसायका लागि सरकारबाट सहयोग नपुगेको गुनासो कृषकको छ। उनीहरूले भने, ‘सरकारले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ तर पकेट क्षेत्रमा गर्नुपर्ने सहयोग किसानलाई उपलब्ध गराउँदैन।’

घरघरमा खसी बोकाको मार हान्ने र देवीदेवताको नाममा बली दिने चलन घट्दै जाँदा पछिल्ला वर्षमा यसको कारोबार पनि घट्दै गएको व्यापारीको बुझाइ छ। दसैँमा देवीदेवताको नाममा घरघरमा खसी बोका, कुखुरा, हाँस परेवा जस्ता पशुपक्षीको बलिदिने चलन पहिलेको तुलनामा कमी आएको उनीहरु बताउँछन्। पछिल्ला वर्षमा कतिपय परिवारले राँगा र बोकाको विकल्पमा नरिवल, कुभिण्डो, फर्सी काँक्राको बली दिन थालिएको पाइन्छ। सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाको तुलनामा पहाडी जिल्लाका बडा दसैँको समयमा कतिपय शक्तिपीठमा राँगा, बोकाको बलि दिने चलन भने कायम नै छ।

प्रकाशित: Oct 01, 2022| 11:05 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।