शनिबार, वैशाख १५, २०८१

निःशुल्क बिजुली बसले लुम्बिनीमा पर्यटकलाई सहज

लुम्बिनी विकास कोषले दसैंको अवसर पारेर डेढ वर्षअघि लुम्बिनीमा ल्याएका बिजुली बसको यान्त्रिक परीक्षणका लागि निःशुल्क बस सञ्चालन भएपछि पर्यटकहरुले लाभ लिएका छन्।
 |  शनिबार, असोज १५, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, असोज १५, २०७९

बुटवल- लुम्बिनीमा लामोसमयम्म थन्किएका बिजुली बस गुड्न थालेपछि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यात्रा सजिलो भएको छ। दसैंको अवसर पारेर अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी र लुम्बिनीसँग जोडिएका बुद्ध सर्किटमा निःशुल्क बिजुली बस सञ्चालनमा आएपछि पर्यटकलाई सहज भएको हो। पहिलो दिनमै स्थल मार्ग हुँदै नेपाल प्रवेश गरेका सात जनाको भारतीय पर्यटक टोली निःशुल्क बिजुली बस भेटेपछि सिधै लुम्बिनी आए।

triton college

‘हामी बेलहिया आएपछि काठमाडौं जान एयरपोर्ट जान लागेका थियौँ, निःशुल्क बस पाएपछि लुम्बिनी आयौँ’ दक्षिण भारतबाट नेपालमा भ्रमणमा आएका एमएल शर्माले भने। शर्मासहित सात जनाको टोली काठमाडौं जाने तयारीमा रहँदा लुम्बिनीको धाममा यात्रा लेखिएको ब्यानर सहितको निःशुल्क बिजुली बसले लुम्बिनी डोर्‍याएको हो। 

बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका विदेशी पर्यटकले लुम्बिनीका लागि सिधै गाडी पाउँदैनन्। जसका कारण पर्यटकहरु अलमलिने गर्छन्। तर, लुम्बिनी विकास कोषले दसैंको अवसर पारेर डेढ वर्षअघि लुम्बिनीमा ल्याएका बिजुली बसको यान्त्रिक परीक्षणका लागि निःशुल्क बस सञ्चालन भएपछि पर्यटकहरुले लाभ लिएका छन्। भारतबाटै लुम्बिनी भ्रमणमा आएकी याञ्चीन लामाले नि:शुल्क त्यो पनि आरामदायी बसमा यात्रा गर्न पाउँदा खुसी लागेको बताइन्। उनले भारतमा कुसिनगर, बोदगया घुमेर लुम्बिनी आएको सुनाइन्। ‘आरामदायी गाडीमा नि:शुल्क लुम्बिनी आउन पाउँदा सारै खुसी लाग्यो’ उनले भनिन, ‘सधैँ यसै गरी आउन पाइयोस्।’ 


बेलहिया नाका तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने पर्यटकलाई सिधै लुम्बिनी आउनका लागि सहजताका लागि बिजुली बस सञ्चालनको नीति अघि सारिएको हो। अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने पर्यटकलाई बौद्ध सर्किटमा पुग्न सहजताका लागि बिजुली बस सञ्चालन गरिएको कोषका उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए। उनले लुम्बिनी र बौद्ध परिथपमा आन्तरिक तथा बाह्य पर्यटकलाई बस सेवाले सहज पहुँच हुने बताए। 

corrent noodles
Metro Mart

प्रक्रियागत झन्झट र प्राविधिक कारणले बस  सञ्चालनमा केही ढिलाइ भए पनि बिजुली बस सञ्चालनले हौसला दिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए। ‘धाममा यात्रा’ नाम दिएर बौद्ध सर्किटका क्षेत्रहरूमा निःशुल्क रुपमा यात्रा गर्न कोषले आह्वान समेत गरेको छ। अहिले नम्बर प्लेटका लागि अनुमती लिने काम भइरहेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। ‘यान्त्रिक परीक्षण गरेपछि प्राविधिक पक्ष थाहा हुनेछ, त्यसपछि निरन्तर सञ्चालन हुन्छ’ सदस्य सचिव शाक्यले भने। 


पाँच वटा विद्युतीय गाडीका लागि छ वटा रुट तय गरेर सञ्चालन गरिएको परीक्षण इकाईका संयोजक एवं कोषका सदस्य विश्वराज पौडेलले बताए।  उनका अनुसार लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम (रुट १), लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोल पार्क (रुट २), लुम्बिनी देखि तिलौराकोट बुद्ध सर्किट परिक्रमा (रुट ३), लुम्बिनी वरिपरि सटल बस ( रुट ४) , लुम्बिनीदेखि एयरपोर्ट बेलहिया (रुट ५) लुम्बिनी मणिग्राम हुँदै देवदह (रुट ६) छन्। विद्युतीय बसको परीक्षण सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजी क्षेत्र र कोषले एक/एक जना चालकको व्यवस्थापन गरेका छन्।

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोडको लागतमा बस तथा ट्याक्सी भित्रिएका हुन्। पाँच वटा बस र १४ वटा भ्यान लुम्बिनीमा रहेका छन्। 

गृहमन्त्री बालकृष्ण खाँणले पर्यटन दिवसमा विद्युतीय बस सञ्चालनका लागि निर्देशन दिए लगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे सहित कोष र सुरक्षा समितिको बैठक बसेर विद्युतीय गाडी सञ्चालनका लागि रुट तय गरिएको थियो।  

प्रकाशित: Oct 01, 2022| 08:45 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।