मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रविन्द्र मिश्रले भने - राजतन्त्र पुनर्स्थापना गर्ने एजेण्डा लिएर मत माग्छु

रविन्द्र मिश्रले भने - राजतन्त्र पुनर्स्थापना गर्ने एजेण्डा लिएर मत माग्छु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनर्स्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन्।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनर्स्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार औपचारिक रुपमा घोषणा गर्दै शुक्रबार वरिष्ठ उपाध्यक्ष मिश्रले आगामी निर्वाचनमा जाने आफ्नो मूल एजेण्डाबारे प्रष्ट्याएका हुन्। राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उनले संविधानले बाँधेर राखेको राजसंस्था पुनःस्थापित हुनुपर्छ भन्‍ने मान्यतामा आफू रहेको बताए। 

यसरी जाँदा भोट नपाए पनि आफूले खुशीसाथ मतदातालाई धन्यवाद दिने उनको भनाई थियो। वरिष्ठ उपाध्यक्ष मिश्रले भन्नु भयो, ‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन। म धर्मनिरपेक्षतावादी पनि होइन। म नेपालवादी हुँ। म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रुपमा संविधानले बाँधेर राजसंस्था पुनस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु। यही कुरा लिएर म मतदाता कहाँ जान्छु, भोट पाए पाउँछु। पाईन भनेदेखि खुशी साथ म धन्यवाद व्यक्त गर्छु। यसमा म प्रष्ट छु।’

वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाडौं क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने बताए। उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ का जनताले आफ्नो एजेण्डालाई हेरेर विजयी गराउने विश्वास समेत व्यक्त गरे।

निर्वाचनमा मतदाता कहाँ जाँदा आफूले ढाँटेर भोट माग्ने काम नगर्ने पटकपटक दोहोर्‍याउँदै वरिष्ठ उपाध्यक्ष मिश्रले गत निर्वाचनमा पनि आफूले सुकुम्बासीलाई लालपूर्जा दिन्छु भनेर फटाहा कुरा नगर्दा ८१९ मतले हार्नु परेको गुनासो गरे। उनले भने, ‘पहिलो पनि २०७४ सालमा म उम्मेदवार हुँदाखेरी म सुकुम्बासी बस्तीमा गएँ। म विभिन्न ठाउँमा गएँ। कतिपय नागरिकले के भन्नु भयो भने हेर्नुस् हाम्रो घर अगाडिको बाटो जसले बनाई दिन्छ, हामी उसैलाई भोट दिन्छौं। सुकुम्बासी बस्तीमा गएँ। ३०-४० वर्षदेखि हाम्रो लालपूर्जा छैन। जसले लालपूर्जा दिन्छ, उसैलाई भोट दिने हो। मैले भने–म सांसद भएर बाटो बनाउन पनि सक्दिनँ। म सांसद भएर लालपूर्जा दिन पनि सक्दिनँ। किनभने त्यो मेरो अधिकार क्षेत्रको विषय नै होइन। म किन फटाहा बोल्छु ?  मैले के चाँही भने भने म सांसद भए भने नीतिगत तहमा हस्तक्षेप गरेर यो विषयलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा तपाईहरुलाई बचनवद्धता प्रकट गर्न सक्छु भने।'

कार्यक्रममा बोल्दै राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द लोहनीले देश र जनताका लागि केही गरौं भन्ने भावका साथ राजनीतिमा आएका मिश्रलाई आगामी निर्वाचनमा विजयी गराउन काठमाडौं क्षेत्र नम्बर १ का जनतालाई आग्रह गरे। उनले ठूला दलहरु देश र जनताका लागि नालायक भएकाले पनि आगामी निर्वाचनमा नेपाली जनताले त्यसको विकल्पमा आफ्नो पार्टीलाई विजयी गराउनुपर्ने जिकीर गरे। 

प्रकाशित: Sep 30, 2022| 18:25 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...