शुक्रबार, असोज ३१, २०८२

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

मस्को- युक्रेनका ४ क्षेत्र रुसमा गाभिएको घोषणा गर्ने तयारी गरिएको छ। रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले शुक्रबार एक समारोह आयोजना गरी युक्रेनका ती क्षेत्र रुसमा गाभिएको औपचारिक घोषणा गर्न लागेको हो। 

Kumaribank

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्। 

शुक्रबार विशेष मन्तव्यका साथ पुटिनले ती क्षेत्र रुसमा गाभिएको घोषणा गर्न लागेका हुन्। यसका लागि मस्को रेड स्क्वायरमा स्टेज सजाइसकिएको छ। ती क्षेत्रलाई रुसमा मिलाएको घोषणापछि लगत्तै खुसियालीमा साँझको समयमा कन्सर्ट पनि आयोजना गरिएको छ। 

यसअघि रुसले यी ४ क्षेत्रमा जनमत संग्रह गराइएको र त्यसको परिणामअनुसार नै रुसमा ती क्षेत्र गाभ्न त्यहाँका बासिन्दाले मतदान गरेपछि त्यसको सम्मान गर्दै आफूमा मिलाउन लागिएको दाबी रुसको छ। तर युक्रेन तथा पश्चिमी देशहरूले भने यसलाई झुटो चुनाव भन्दै आएका छन्। 

रुसी अधिकारी र समर्थकहरूले झन्डैझन्डै शतप्रतिशत मत ती क्षेत्रलाई रुसमा मिलाउने पक्षमा आएको दाबी गर्दै आएका छन्। 

Metro Mart

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्सकीले भने रुसले गरेका जनमतसंग्रहको कुनै अर्थ नभएको टिप्पणी गर्दै बताएका छन्। 'रुसी कदमको नतिजा धेरै खराब हुनेछ,' उनले भनेका छन्। 

यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया क्षेत्र कब्जा गरेको थियो। रुसको दाबी अनुसार त्यहाँ पनि जनमतसंग्रह गरिएको र स्थानीय जनताले दिएको मतका आधारमा क्रिमियालाई रुसमा मिलाइएको हो। क्रिमियालाई रुसमा गाभ्ने घोषणालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएका छैनन्। 

प्रकाशित: Sep 29, 2022| 19:55 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।