मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढ्दा नेताहरुले विश्‍वास गुमाए : माधव नेपाल

राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढ्दा नेताहरुले विश्‍वास गुमाए : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताएका छन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताएका छन्। 

अखिल नेपाल महिला संघ (समाजवादी) ले दसैं, तिहारलगायतका चाडपर्वको अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताएका हुन्। 

उनले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताए। उनले नेताहरुले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताएका छन्। 

उनले थपे, 'अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ। यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरुले विश्वास गुमाउँदै गइरहेका छन्। त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ। त्यसैले हामी अरुजस्ता होइनौँ भनेर हामीले देखाउन सक्नुपर्छ। जब हामी आफै व्यवहारबाट, उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गर्छौं, अनि बल्ल अरुको विश्वास जित्न सक्छौँ।'

अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताए। उनले देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताए। 

उनले भने, ‘यो कम्युनिष्ट पार्टीलाई व्यवस्थित रुपमा अगाडी बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्दछ। र हामीले सोचिरहेका छौँ कि, कसरी यो देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकियोस्। बलियो बनाउन सकियोस्। असल कार्यकर्ताहरु तयार गर्न सकियोस्। समाजका परिवर्तनका बाहकहरुलाई, इमान्दार मानिसहरुलाई, स्वच्छ छवि भएका व्यक्तिहरुलाई अगाडी बढाउन सकियोस्। किनभने हामी नै सबै हिसाबले अगुवा हुन सकेनौँ भने हामीले बोलेको कुराको कुनै अर्थ हुँदैन।'

उनले मानिसहरुमा आफूले पटक–पटक अवसर पाउँदा ठिक ठान्‍ने र अरुले एकपटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रुपमा नलिने प्रवृत्ति बढेको बताए। आफूले पाएको छैन भने अनुहार अध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने भन्दै उनले टिप्पणी गरे।


प्रकाशित: Sep 29, 2022| 19:39 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...