मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कम्युनिस्टहरू अवसर नपाउँदासाथ अन्यत्र पार्टीमा हाम फाल्ने प्रवृत्ति घातक : माधव नेपाल

कम्युनिस्टहरू अवसर नपाउँदासाथ अन्यत्र पार्टीमा हाम फाल्ने प्रवृत्ति घातक : माधव नेपाल

राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति रहेकाले नेताहरूले विश्वास गुमाउँदै गएको नेता नेपालको स्वीकारोक्ति।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलनमा लागेकाहरू अवसर नपाउँदा अन्यत्र हाम फाल्ने प्रवृत्ति मौलाएको बताएका छन्। बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष नेपालले  यस्तो बताएका हुन्।

उनले भने, ‘आफूले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने। पटक–पटक पाए ठीक। अरूले एकचोटि पाउँदा सकारात्मक नलिने रोग समाजमा रोग छ।’ 

उनले नेपालको राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको स्वीकारे। ‘अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फाल्ने प्रवृत्ति देखिएको छ। यी सबै चीजबाट होसियार हुनुपर्छ’, नेपालले पार्टी परिवर्तनतर्फ संकेत गर्दै भने। सबै खाले भेदभाव, अन्याय, अत्याचार, हिंसा र अपमान अन्त्य गर्न नेपालमा समाजवाद स्थापना गर्नु आफ्नो सपना रहेको उनले सुनाए।

नेता नेपालले कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै सकारात्मक सोच राखेर समाज र देशलाई राम्रो दिशामा लैजान सकिने बता।  ‘अहिले पनि समाज र राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति छ। नेताहरूले विश्वास गुमाउँदै गएका छन्। हामी अरूजस्ता होइनौं भन्ने देखाउन सक्नुपर्छ’, उनले भने।

प्रकाशित: Sep 29, 2022| 17:29 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...