बिहीबार, असार ४, २०८३

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न १० दिनमात्र बाँकी रहँदा पनि पाँचदलीय गठबन्धनले सिटको भागबण्डा टुंगो लगाउन सकेको छैन। लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ। पाँचदलीय गठबन्धनमा साउन २० गतेयता भागबण्डाका बारेमा छलफल हुँदै आएको छ।

National life

प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्र छन् भने प्रदेशमा २३०। प्रतिनिधिसभाका कतिपय क्षेत्रमा गठबन्धनका सबैजसो दलको दाबी छ। प्रदेशसभामा भने धेरै किचलो छैन। 

भागबण्डा टुंग्याउन मंगलबार र बुधबार दिनभरजसो गठबन्धनका शीर्ष नेताहरुले छलफल गरेका थिए।

यसअघि गठबन्धन दलहरुले समानुपातिक निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबारे असन्तुष्टि उत्पन्न भएको छ। नेपाली कांग्रेसको बन्दसूचीलाई लिएर सभापति शेरबहादुर देउवा पक्षविरुद्ध नेता शेखर कोइराला समूहले धर्ना शुरु गरेको छ। आफ्नो गुटका नेतालाई बन्द सूचीमा नराखेको भन्दै कोइराला पक्षले निर्वाचन बहिष्कार गर्नेसम्मको चेतावनी दिइरहेको छ।

यस्तो छ भागबण्डा

Shivam cement


 

 


 

 





 

प्रकाशित: Sep 29, 2022| 13:35 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...