मंगलबार, साउन १९, २०८३

शेखर समूहको चियापान कार्यक्रम

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहले दसैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं-  नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहले दसैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज बिहान ८ बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो।

पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै असन्तुष्ट रहेको शेखर समूहले छुट्टै चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो। उक्त समूहले ४० प्रतिशत हिस्सा माग गर्दै खबरदारी सभा, पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नालगायत कार्यक्रम गरिसकेको छ। 

समानुपातिकतर्फको सूची सच्चाउनुपर्ने र पार्टीमा सिट संख्याको ४० प्रतिशत हिस्सा आफूहरुलाई दिनुपर्ने सो समूहको माग छ।

प्रकाशित: Sep 29, 2022| 08:31 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...