बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण’

‘निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण’

गृहसचिव विनोदप्रकाश सिंहले आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- गृहसचिव विनोदप्रकाश सिंहले आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। 

National life

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै सचिव सिंहले सशस्त्र प्रहरीले सीमित स्रोत साधनका बाबजुद कठिन परिस्थिति र स्थानमा समेत सीमारक्षार्थ खटिएको भन्दै प्रशंसा गरे। उ

उनले प्रतिकुल अवस्थामा रहेका सीमा सुरक्षाचौकीको सुधारका लागि समयानुकूल बन्दोबस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताए। गृहसचिव सिंहले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिले आफू मातहतका कर्मचारीलाई उचितरुपमा परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिए।

सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा कायम गर्न सक्षमता, निपूर्णता तथा तदरुकताका साथ कार्य गर्नुहुनेछ भन्ने अपेक्षा राखेको बताउनुहुँदै उनले सीमा सुरक्षामा कठिन परिस्थितिका बीच परिचालित कर्मचारीप्रति उच्च सम्मान प्रकट गरे। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरस पालना गरी इमान्दारितापूर्वक जम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकलाई निर्देशन दिए।

सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीलाई सदैव शिरमा राखेर उच्च नैतिकता, इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धारलगायतका विविध जिम्मेवारीमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनुपर्ने बताए।

महानिरीक्षक अर्यालले आगामी निर्वाचन भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउनको लागि सम्पूर्ण तयारी गरिएको बताउनुहुँदै जस्तोसुकै परिस्थितिमा पनि आम नागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गरे।


प्रकाशित: Sep 28, 2022| 21:35 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।